बिहिबार ग्रहचक्रमा हुँदैछ ठूलो परिवर्तन ! कुन राशिलाई कस्तो प्रभाव ?

एजेन्सी – ज्योतिष विज्ञानका अनुसार बुध बुद्धि, तर्क, संवाद, गणित, चतुरता र मित्रताको कारक ग्रह हो। सूर्य र शुक्र, बुधका मित्र ग्रह हुन् भने चन्द्र र मंगल यसका शत्रु ग्रह हुन्।

मिथुन र कन्या राशिको स्वामी रहेको बुधले भदौ १० गते बिहिबार राशि परिवर्तन गर्दैछ।  हाल कन्या राशिमा शुक्र ग्रह छ। बुध र शुक्र ग्रहको भेट हुँदा विभिन्न राशिको भाग्यमा परिवर्तन हुनेछ। बुधले राशि परिवर्तन गर्दा कुन राशिलाई कस्तो प्रभाव ?

मेष राशि

बुधको राशि परिवर्तन मेष राशि हुनेहरुका लागि खासै राम्रो रहने देखिँदैन। बुधको राशि परिवर्तनसँगै जीवनमा विभिन्न समस्या उत्पन्न हुनेछन् भने चलिरहेका कार्यमा पनि रुकावट आउनेछ। आर्थिक रुपमा नयाँ-नयाँ समस्या उत्पन्न हुनेछन्। साझेदारी टुट्न सक्छ। परिवारमा अपनी सोचेजस्तो माहोल नरहला। सके सम्म आर्थिक लेनदेन नगर्नुहोला। नयाँ कार्य थालनीमा रुकावट आउला। कबुल गरिएका सहयोग प्राप्त नहुँदा चिन्ता बढ्नेछ।

वृष राशि

बुध र शुक्रको मिलन हुँदा वृष राशि हुनेहरुलाई समग्रमा लाभ नै हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। महत्वपूर्ण दायित्व पूरा गर्न सफल हुँदा मान-सम्मान मिल्नेछ। शिक्षाको क्षेत्रमा पनि बुधको सकारात्मक प्रभाव रहन सक्ला। प्रतियोगिताहरुमा सहजै सफलता मिल्नेछ। प्रेम जीवनमा पनि बुध र शुक्रको मिलनले सकारात्मक प्रभाव पार्नेछ।

मिथुन राशि

चौंथो स्थानमा रहने बुधलले मिथुन राशि हुनेहरुलाई मिश्रित परिणाम दिनेछ। कुण्डलीमा भद्रयोग निर्माण हुँदा विभिन्न प्रकारका लाभ मिल्नेछन्। मित्रजन तथा आफन्तजानबाट आवश्यक सहयोग प्राप्त हुनेछ। जग्गा-जमिन सम्बन्धि लफडाबाट उन्मुक्ति मिल्नेछ। नयाँ व्यवसायको थालनी पनि हुन सक्ला। यधपी निर्णय लिने समयमा भने संयमित रहनु होला। षड्यन्त्रमा फस्न सकिने अवस्था पनि रहन सक्ने देखिन्छ।

कर्कट राशि

बुधको गोचर पराक्रम भावमा हुनेछ। जस कारण कर्कट राशि हुनेहरुमा पराक्रम बढेर जानेछ। अध्यात्ममा रुचि बढ्नेछ। धार्मिक यात्राको अवसर पनि मिल्न सक्ला। वैदेशिक यात्रामा समेत बुधको भूमिका रहन रकने देखिन्छ। स्वास्थ्यमा भने सामान्य समस्या देखिन सक्लान्। बोलिमा केहि नियन्त्रण आवश्यक रहला। विद्यार्थीहरुले सफलता पाउन अलि बढी नै मिहिनेत गर्नुपर्नेछ।

सिंह राशि

बुधको राशि परिवर्तनले सिंह राशि हुनेहरुको जीवनमा धेरै सकारात्मक परिवर्तनहरु हुनेछन्। बुध र शुक्रको मिलनले आर्थिक लाभ बढ्नेछन्। घाटामा रहेका व्यवसायहरुमा उछाल देखिनेछ। शेयर बजारमा गरिएका लगानीले पनि फाइदा पुर्याउने देखिन्छ। बुध ग्रहको राशि परिवर्तन विद्यार्थीहरुका लागि पनि लाभप्रद रहनेछ।

कन्या राशि

बुधको राशि परिवर्तन सबै भन्दा बढी कन्या राशिका लागे लाभप्रद रहनेछ। हरेक क्षेत्रमा सफलता मिल्दा नयाँ क्षेत्रमा लगानी गर्ने अवसर पनि जुर्नेछ। धेरै समय देखि रोकिएका कार्य सुचारु हुनेछन्। प्रेम जीवनमा पनि बुधको सकारात्मक प्रभाव पर्ने देखिन्छ। सहि निर्णय गर्न सकेको खण्डमा भविष्यमा समेत लाभ दिने काम हात लाग्नेछ। रोजगारको क्षेत्रमा पनि बुधको राम्रो प्रभाव रहन सक्ला।

तुला राशि

बुध ग्रहको गोचरको प्रभाव विभिन्न क्षेत्रमा पर्नेछ। एक्कासी आम्दानीमा वृद्धि हुनेछ। आम्दानीका नयाँ-नयाँ श्रोत फेला पर्नेछन्। फसेका धन उठ्नेछन्। कानुनी रुपमा रहेका समस्या देखि पनि छुटकारा मिल्न सक्ला। व्यवसायिक यात्राले धेरै लाभ दिलाउनेछ। दाम्पत्य जीवन पनि सुखद नै रहला। घर-जग्गा सम्बन्धि कारोबारले लाभ दिलाउनेछ भने गर-गहना जोड्ने अवसर समेत जुर्नेछ।

वृश्चिक राशि

बुधको राशि परिवर्तन सँगै एकाएक भाग्यमा परिवर्तन आउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। रोजगारमा कामको राम्रै मूल्यांकन हुँदा पदोन्नतीको सम्भावना बढ्नेछ। परिश्रमको फल प्राप्त हुनुका साथै फाइदाको स्रोत पहिचान गर्न सकिनेछ। बुधको राशि परिवर्तनले स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्नेछ। सामाजिक रुपमा मान-सम्मान प्राप्त गराउन बुधको भूमिका रहला।

धनु राशि

बुधको राशि परिवर्तनसँगै रोजगारको क्षेत्रमा विभिन्न सकारात्मक परिवर्तन हुने देखिन्छ। इछ्याएको स्थानमा सरुवा हुने देखि पदोन्नती सम्मका योग बन्नेछ। राजनीतिमा रहनेहरुका लागि पनि बुधको राशि परिवर्तन लाभदायक सावित हुनेछ। महत्वपूर्ण पद मिल्न सक्ला। स्वास्थ्यलाई लिएर भने सावधान रहनुपर्नेछ। अनावश्यक दौडधुपले समस्या पैदा गर्न सक्नेछ। परिवारमा माहोल शान्त राख्नको लागि प्रयत्न गर्नुहोला।

मकर राशि

बुधको राशि परिवर्तन मकर राशि हुनेहरुका लागि सामान्य मान्न सकिन्छ। बुधले राशि परिवर्तन गर्दा जीवनमा खासै ठूला परिवर्तन हुने देखिँदैन। आम्दानीमा बढोत्तरी भएपनि खर्चमा नियन्त्रण नहुँदा आर्थिक समस्याले सताउनेछ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आएपनि नयाँ सम्झौता हातलाग्नेछ। दाम्पत्य जीवन भने राम्रै रहनेछ। यात्रा सफल रहला।

कुम्भ राशि

बुधको राशि परिवर्तनसँगै शत्रु सक्रिय भएका जानेछन्। आफ्नै भनिएकाहरुबाट धोका हुनेछ। सकेसम्म आफ्ना योजनाहरु अरुलाई नसुनाएकी उचित होला। बुधको राशि परिवर्तन पश्चात निर्णय क्षमतामा ह्रास आउन सक्ने देखिन्छ। कानुनी रुपमा पनि समय आइपर्न सक्ने देखिन्छ। परिस्थित आफू अनुकुल नहुँदा विचल्लित भइनेछ। सामान्य काममा पनि बढी अलमल हुनेछ। सामाजिक दायित्व पूरा गर्न नसक्दा लज्जित हुनुपर्ने अवस्था औला।

मीन राशि

बुधको राशि परिवर्तनले जीवनमा मधुरता ल्याउनेछ। प्रेम जीवन तथा दाम्पत्य जीवन उत्साहप्रद रहनेछ। सम्पूर्ण कार्यमा परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा ध्यान दिन सके समय राम्रै व्यतित हुनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्ने तर्फ भने ध्यान आवश्यक रहला।

प्रकाशित : सोमबार, भदौ ०७, २०७८१७:३४

तपाईंको हत्केलामा पनि ‘H’ अक्षर छ ? यसको रहस्य जानेर तपाईंको होस उड्नेछ, जान्नुहोस् यसको अर्थ !