आइतबार राति सरी-ए को पहिलो चरणको खेलमा युभेन्टसले उडिनेसे विरुद्ध २-२ को बराबरी खेल्यो। उक्त खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो ६० मिनेटपछि मात्र मैदानमा प्रवेश गरे। केहि रिपोर्टका अनुसार क्लब छाड्ने प्रयास गरिरहेका रोनाल्डोले प्रशिक्षक एलेग्रीलाई आफूलाई सुरुवाती ११ मा नराख्न आग्रह गरेका थिए।
५ पटकका ब्यालुन डी ओर विजेता समेत रहेका रोनाल्डो जस्ता खेलाडीलाई कुनै पनि खेलमा आफ्नो प्रभाव पार्न पूरै ९० मिनेट नै चाहिन्छ भन्ने हुँदैन। २-२ को बराबरीमा अन्तिम समयमा पुगेको खेलमा रोनाल्डोलाई ९४ औं मिनेटमा लागेको थियो कि उनले युभेका लागि पूरै ३ अंक दिलाउन सफल भए जब फेडेरिको कियेजाको पासलाई रोनाल्डोले हेडर गोल गरेका थिए। उनले गोल गरेपछि आफ्नो जर्सी नै फुकालेर सेलिब्रेसन गरेका थिए।
तर रोनाल्डो र युभेको खुसी केहि क्षणको लागि मात्र सिमित भयो जब भीएआरले रोनाल्डोको गोल अफ-साइड घोषणा गर्यो। केहि इन्चको कारणले रोनाल्डोको उक्त उत्कृष्ट गोल मान्य हुन सकेन। रोनाल्डो पनि भीएआरको उक्त निर्णयबाट कतै खुसी थिएनन्। त्यस माथि अफ-साइड भएको गोल जर्सी फुकालेर सेलिब्रेट गरेकोमा ३६ वर्षीय स्ट्राइकरले पहेंलो कार्ड समेत पाए।
खेलपछि भीएआरको उक्त निर्णयको विरोधमा रोनाल्डोकी दिदी पनि उत्रिएकी छिन्। उनले सामाजिक सञ्जाल मार्फत खेलमा संलग्न म्याच अधिकारीहरुको आलोचना गरेकी छिन्। एल्मा डस सान्तोस अवेरोले आफ्नो इन्स्टाग्राममा रोनाल्डो अफ-साइड भएको फोटो साझा गर्दै किन उक्त गोल मान्य हुनु पर्ने भन्ने बारे व्याख्या गरेकी छिन्।
📸 Cristiano Ronaldo's sister Elma Aveiro posted a picture of Ronaldo’s offside writing:
‘Had you had my shoulder, you would have been onside. You need to replace the large size with medium,’ adding: ‘The robbery begins. pic.twitter.com/DVZzgAgFgY
— CristianoXtra (@CristianoXtra_) August 23, 2021
उनी लेख्छिन्,”तपाईंको काँध मेरो जत्रो भएको भए अन-साइड हुनुहुन्थ्यो होला, तपाईं अब आफ्नो ठूलो काँध परिवर्तन गरेर मध्यम राख्नुहोस। डकैति सुरु भयो अब।”