काठमाडौँ – भदौ लागेदेखि नै केहि उकालो लाग्न थालेको सुनको मूल्य आज पनि बढेको छ। आइतबार घटी सोमबार बढेको सुनको मूल्य आज मंगलबार पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ६ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै बढेको छ। यससँगै तेजाबी सुनको मूल्य ९१ हजार १ सय रुपैंयाँ कायम भएको महासंघले जनाएको छ। यस अगाडी आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले घटेको थियो भने सोमबार २ सय रुपैंयाँले बढेको थियो।
सुन १९ दिन यताकै महँगो
महासंघका अनुसार नेपाली बजारमा आज कायम भएको सुनको मूल्य साउन २१ गते यताकै महँगो रहेको छ। त्यस दिन छापावाला सुन ९२ हजार र तेजाबी सुन ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस दिन यता सुनको मूल्य घटबढ हुँदै आएपनि आजको जति महँगो भएको थिएन।
चाँदीको मूल्य कति ?
आज सुनको मूल्य मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु १० ले बढेर १२ सय रुपैंयाँ कायम भएको छ।