कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले विश्वकप २०२२ छनौट चरणका खेलका लागि आफ्नो टोली घोषणा गरेको छ। अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कोलानीले विश्वकप छनौट खेलका लागि केहि नयाँ अनुहारका साथ ३० सदस्य टोली घोषणा गरेका हुन्।
गत महिना कोपा अमेरिका प्रतियोगिताको टोलीमा पर्न सफल युभेन्टस स्टार पाउलो डिबाला टोलीमा फर्किने ठूलो नाम रहेको छ। त्यस्तै, अर्जेन्टिनी टोलीमा फर्किने अन्य खेलाडीमा भिल्लारियलका दुई खेलाडी: गोलकिपर जेरिनिमो रुल्ली र डिफेन्डर जुआन फोएथका साथै एस्टन भिल्ला स्टार एमिलियानो बुएन्डीया रहेका छन्।
लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले सेप्टेम्बर ३ मा भेनेजुएला, सेप्टेम्बर ६ मा ब्राजिल र सेप्टेम्बर १० मा बोलिभियाको सामना गर्नेछ।
विश्वकप २०२२ छनौटका लागि अर्जेन्टिनाले घोषणा गरेको टोली यस प्रकार छ:-
गोलकिपर: एमिलियानो मार्टिनेज, जेरिनिमो रुल्ली, फ्रान्को अरमानी, जुआन मुस्सो
डिफेन्डर: गोन्जालो मोन्टिएल, नाहुएल मोलिना लुसेरो, जर्मन पेज्जेला, जुआन फोएथ, क्रिस्टियन रोमेरो, निकोलस ओटा मेन्डी, लुकास मार्टिनेज क्वार्टा, लिसान्द्रो मार्टिनेज, मार्कोस अकुनिया, निकोलस ट्यागलियाफिको
मिडफिल्डर: रोद्रिगो डी पल, एक्जेकुएल पालासियोस, लेनार्दो पाराडेस, गुइडो रोड्रीगेज, निकोलस डामिनगेज, पापु गोमेज, जियोभानी लो सेल्सो
फरवार्ड: एंगल डी मारिया, एंगल कोरेया, जुलियन अल्भारेज, जाक्विन कोरेया, नोकोलास गोन्जालेज, एमिलियानो बुएन्डीया, लाउटारो मार्टिनेज, लियोनल मेस्सी, पाउलो डिबाला