१९ दिन यताकै महँगो भएको सुनको मूल्य आज घट्यो !

काठमाडौँ – हप्ताको दुई दिन लगातार बढेको सुनको मूल्य आज नेपाली बजारमा घटेको छ। मंगलबार १९ दिन यताकै महँगो भएको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ३ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ३ सय रुपैंयाँले नै बढेको छ। यससँगै तेजाबी सुनको मूल्य ९० हजार ८ सय रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।

यस अगाडी छापावाला सुन आइतबार ९० हजार ९ सय, सोमबार ९१ हजार १ सय र मंगलबार ९१ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन आइतबार ९० हजार ४ सय, सोमबार ९० हजार ६ सय र मंगलबार ९१ हजार १ सय रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य कति ?

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु १० ले बढेर १२ सय १० रुपैंयाँ कायम भएको छ।

प्रकाशित : बुधबार, भदौ ०९, २०७८११:०९

बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने, भारी वर्षाको सम्भावना !