एम्बाप्पे-पीएसजी र रियल म्याड्रिड बीचको चोर पुलिसको खेल: पीएसजीले इन्कार गर्यो रियलको प्रस्ताव !

एजेन्सी – सम्झौताको अन्तिम वर्षमा रहेका युवा फरवार्ड किलीयन एमबाप्पेका लागि स्पेनिस क्लब रियल म्याड्रिडले राखेको १ सय ६० मिलियन युरोको प्रस्ताव पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नकारेको छ ।

लामो चर्चापछि रियलले मंगलबार पीएसजीसामु एमबाप्पे ट्रान्सफरका लागि औपचारिक प्रस्ताव गरेको थियो । तर पिएसजीले एमबाप्पेलाई बेच्ने मनसाय नरहेको भन्दै उक्त प्रस्ताव अस्विकार गरेको छ । सम्झौताको अन्तिम वर्षमा रहेपनि पिएसजी एमबाप्पेले नयाँ सम्झौताका लागि प्रयासरत छ । तर एमबाप्पेले भने त्यसमा इच्छा देखाएका छैनन् ।

अर्काे समरमा एमबाप्पे फ्रि एजेन्ट हुने भएकाले पीएसजीले केहि रकम प्राप्त गर्ने हो भने यो समरमा नै उचित मुल्यमा बेच्नुपर्ने छ । पिएसजी भने अहिले नै रियललाई बेच्नुपरेको अवस्थामा पनि अझै बढी रकम पाउने आशामा छ । रियलले एमबाप्पे पिएसजी आउँदा पनि अनुबन्धनमा चासो देखाएको थियो, तर त्यसबेला एमबाप्पेले पिएसजी रोजेका थिए ।

एमबाप्पेले यो नयाँ सिजनमा पीएसजीबाट ३ खेल खेल्दा एक गोल गरिसकेका छन् । एमबाप्पेले पीएसजीका लागि यो सिजनसहित ५ सिजनमा १७४ खेलमा १३३ गोल गरेका छन् । उनले पीएसजीबाट ३ लिग वान, ३ कप दि फ्रान्स, २ कप दि ला लिग र २ ट्रफी डेस च्याम्पियन जितेका छन् । एक पटक च्याम्पियन्स लिगको उपविजेता बनेका छन् ।

यसै समरमा एमबाप्पे अनुबन्ध गर्न सक्नेमा रियल म्याड्रिड आशावादी रहेको छ । यो सिजनको समर ट्रान्सफर ३१ अगस्टको मध्यरातसँगै सकिँदैछ । एमबाप्पेले पीएसजीमा नयाँ सम्झौता गर्न अस्वीकार गरेपछि पनि रियल आशावादी रहेको बुझिएको छ ।

प्रशिक्षक कार्लाे एन्सेलोट्टी पनि एमबाप्पे क्लबमा आउनेमा आशावादी छन् । रियल म्याड्रिडमा गत मे महिनादेखि कसैले पनि एमबाप्पेको बारेमा टिप्पणी गरेका छैनन् । यसको अर्थ एमबाप्पेलाई क्लबमा स्वागत गर्न सबै आतुर छन् ।

प्रकाशित : बुधबार, भदौ ०९, २०७८१४:५६

“एम्बाप्पे लिभरपुल आए भने नांगेझार भएर इन्स्टाग्राम लाइभमा आउँछु”