काठमाडौँ – बिहिबार घटेको सुनको मूल्य आज बढेको छ। बुधबार र बिहिबार घटेको सुनको मूल्य आज बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ६ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै बढेको छ। यससँगै तेजाबी सुनको मूल्य ९१ हजार १ सय रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।
यस अगाडी छापावाला सुन आइतबार ९० हजार ९ सय, सोमबार ९१ हजार १ सय, मंगलबार ९१ हजार ६ सय, बुधबार ९१ हजार ३ सय र बिहिबार ९१ हजार १ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन आइतबार ९० हजार ४ सय, सोमबार ९० हजार ६ सय, मंगलबार ९१ हजार १ सय, बुधबार ९० हजार ८ सय र बिहिबार ९० हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य कति ?
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु १० ले घटेर १२ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।