प्रेमी-प्रेमिका माथि हैकम जमाउन माहिर हुन्छन् यी ४ राशि हुनेहरु !

एजेन्सी – कुनै पनि सम्बन्ध तब अगाडी बढ्छ जब दुईजनाका बीचमा आपसी समझदारी बढ्छ।  एकले अर्कोको कदर र सम्मान गर्छ भने मात्र त्यो सम्बन्ध बढी टिकाउ र प्रगाड हुन्छ।

तर कुनैबेला परिस्थिति यस्तो पनि आइदिन्छ कि एकले अर्कोको मतलब नै राखेको हुदैन र सम्बन्धमा प्रेमी-प्रेमिका मध्ये एक “डोमिनेट ” भइरहेका हुन्छन्।  जान्नुहोस कुन राशी  भएका पुरुषहरुले आफ्ना श्रीमती या गर्लफ्रेन्डमाथि आफ्नो अधिकार जमाउन खोज्छन।

सिंह राशी 

सिंह राशी भएकाहरुले आफ्नो पार्टनर कमजोरी नियाल्न माहिर हुन्छन् । यहि कमजोरीलाई आधार मानेर सिंह राशिहरु आफ्नो पार्टनरमाथि हैकम  जमाउँछन् । सिंह राशी भएकाहरु दोस्रोको ध्यान आफूप्रति आकर्षित गर्न चाहन्छन्।  सायद तपाईको पार्टनर पनि सिंह राशिको हुनुहुन्छ भने यो कुराको महसुश सायदै गर्नुभएको होला।

वृश्चिक राशी 

आफ्नो पत्नी या गर्लफ्रेन्डमाथि हक जमाउन वृश्चिक राशी भएका पुरुषहरु पनि निकै माहिर हुन्छन् ।  यिनीहरु आफ्ना पार्टनरलाई नियन्त्रणमा राख्न खुब रुचाउछन त्यसैले गर्दा कहिलेकहिँ यिनीहरुको सम्बन्धमा खटपट हुने  गर्छ।

धनु राशी

विशेषगरी धनु राशी भएकाहरु घुम्न फिर्न र अरुको सहयोग गर्न सदा तत्पर रहन्छन।  तथापी सम्बन्धको कुरा गर्यो भने यिनीहरु पनि आफ्ना पार्टनरप्रति हाबी हुने निकै नै माहिर हुन्छन।

मकर राशी 

मकर राशी भएकाहरु अनुसाशित प्रवृतिका हुन्छन।  यिनीहरु आफ्नो जीवन आफ्नै हिसाबले जिउन चाहन्छन।  तर मकर राशिका पुरुषहरुले बिशेषगरि आफ्ना पार्टनर प्रति हुकुम चलाउन मन पराउछन।  यिनीहरु आफ्ना प्रेमिका या श्रीमतीलाई माया त गर्छन तर पनि नियन्त्रणमा राख्न चाहन्छन।

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८१६:५१

यी राशिका पुरुषले धोका दिन जानेकै हुँदैनन्, प्रेमिकालाई दिन्छन् असिमित सुख !