रावलले सोधे – भाजपा नेता भेट्ने कुन-कुन नेताले तुइन काटेको कुरा उठाए ?

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग विभिन्न राजनीतिक पार्टीका नेताहरुले कूटनीतिक मर्यादा विपरीत भेटघाट गरेको आरोप लगाएका छन्।

नेता रावलले आइतबार बिहान एक ट्वीट गर्दै नेपालका विभिन्न राजनीतिक दलका नेताहरुले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग गरेको भेटघाट माथि प्रश्न उठाएका हुन्।

नेपाली नेताहरुले महाकालीमा भारतीय सुरक्षाकर्मीले तुइन काटेको र एक नेपाली बेपत्ता भएको विषयमा बोले-बोलेनन् भन्ने प्रश्न पनि रावलले सोहि ट्वीट मार्फत गरेका छन्। महाकालीमा तुइन खुस्काएर नेपाली युवा जयसिंह धामीको ज्यान लिने भारतीय सुरक्षाकर्मीमाथि कारबाही गर्ने विषय कसले उठायो भन्ने प्रश्न रावलको छ।

“कूटनीतिक मर्यादाको सीमा नाघेर भाजपाका नेता चौथाइवालेसँग भेटवार्ता गर्ने कुनकुन नेपाली नेताले महाकालीमा तुइन खुस्काएर जयसिंह धामीको ह-त्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही गर्ने विषय उठाएछन्? र राष्ट्रिय हितका के कुरा गरेछन् ? जनतालाई जानकारी गराउने नैतिक जिम्मेवारीबोध गर्ने कि?”,रावलले ट्वीट गर्दै भनेका छन्।

प्रकाशित : आइतबार, भदौ १३, २०७८१२:३५

नयाँ पार्टी खोल्न उचालेर पछि हटे भन्ने माधव नेपाललाई भीम रावलको कडा काउन्टर !