अहिले नै कसैको टाङमुनि छिर्न नजाने माधव नेपालको घोषणा !

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्कालै कुनै पार्टीसँग एकता गर्ने आफूहरुको योजना नरहेको बताएका छन्। आइतबार पार्टीको पहिलो संसदीय दलको बैठकलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष नेपालले अहिले नै कुनै पार्टीसँग एकता गर्ने योजना पार्टीको नरहेको बताएका हुन्।

टोल-टोल सम्म पार्टीको संगठन बलियो बनाउनेमा आफूहरुको प्राथमिकता रहने नेपालले बताए। आफूहरु कसैको टाङमुनि छिर्न नजाने माधव नेपालको भनाई छ। आफु पार्टीको कार्यकर्ता बन्न जाने पक्षमा आफूहरु नरहेको नेपालले स्पष्ट पारे।

“देशभरी हाम्रो संगठन बनिसकेको छ। अहिले नै कुनै पार्टीसँग हामी एकता गर्न गइरहेका छैनौँ। हामी कसैको टाङमुनि छिर्न जाँदैनौं। हामी अरु पार्टीको कार्यकर्ता हुन जाँदैनौं।”,नेपालले भने।

पार्टी विभाजन अगाडी बनाइएको समानान्तर कमिटीहरुलाई विस्तार गरेर हालको पार्टीको संगठनलाई बलियो बनाउनेमा आफूहरु लागिरहेको उनले सुनाए। जिल्लादेखि गाउँ, वडा र टोलसम्म संगठन बानिसकेको नेपालको दावी थियो।

“हाम्रो संगठन देशभरी छ, जिल्लादेखि गाउँ, वडा र टोलसम्म हाम्रो संगठन बनिसकेको छ। हाम्रो उपस्थिति टोल टोलमा रहेकाले त्यसबाट हामी संगठन बलियो बनाउँछौँ।”,उनले भने।

एकीकृत समाजवादी दलको नेतामा माधवकुमार नेपाल

पार्टीको पहिलो संसदीय दलको बैठकले नेपाललाई संसदीय दलको नेता चयन गरेको छ। आइतबार संसद भवन नयाँबानेश्वरमा बसेको दलको बैठकले अध्यक्ष नेपाललाई दलको नेता बनााउने सर्वसम्मत निर्णय गरेको हो।

प्रकाशित : आइतबार, भदौ १३, २०७८१४:१२

बुढ्यौलीमा पनि आरनकै भर