रोनाल्डोलाई ७ नम्बर जर्सी लगाउन दिएनन् काभानीले, कुन नम्बर लगाउलान् त ?

१२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्केका क्रिस्टियानो रोनाल्डोले क्लबमा कुन नम्बरको जर्सी लगाउने भन्ने बारे अझै पनि आधिकारिक जानकारी आएको छैन। तर केहि रिपोर्टका अनुसार पोर्चुगिज कप्तानले युनाइटेडमा प्रसिद्ध जर्सी नम्बर ७ लगाउन नपाउने भएका छन्।

हाल एडिनसन काभानीले ७ नम्बर जर्सी लगाउँदै आएका छन्। उरुग्वेयन फरवार्डको आफ्नो जर्सी नम्बर रोनाल्डोलाई दिने कुनै सोच नरहेको कारण रोनाल्डोले इंग्ल्याण्डमा आफ्नो दोस्रो कार्यकालका लागि अर्को नम्बर रोज्नु पर्ने भएको छ। म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसमा यसअघि ७ नम्बर जर्सी लगाउँदै आएका रोनाल्डोले यस पटक भने त्यो मौका प्राप्त नगर्ने भएका छन्।

पीएसजीबाट गत वर्ष म्यानचेस्टर प्रस्थान गरेका काभानीले क्लबका अर्का नयाँ खेलाडी जेडन सान्चोले ७ नम्बर जर्सी लगाउन गरेको आग्रह पनि अस्विकार गरेका थिए। रोनाल्डोको केसमा पनि त्यस्तै हुने देखिएको छ र पत्रकार जोनाथन श्रागरका अनुसार काभानी रोनाल्डोलाई आफ्नो जर्सी नम्बर दिन तयार छैनन्।

त्यस्तै, स्काई स्पोर्टका अनुसार पनि रोनाल्डोले युनाइटेडमा जर्सी नम्बर ७ पाउन निकै कठिन रहेको छ। यस्तो अवस्थामा काभानीले जारी ट्रान्सफर विन्डोमा क्लब नछाडेको खण्डमा रोनाल्डोले ७ नम्बर जर्सी लगाउन पाउने सम्भावना निकै न्युन रहेको छ। हाल रोनाल्डोलाई १२,१५,२४,२८ र ३० नम्बरको जर्सी लगाउने विकल्प रहेको छ।

प्रकाशित : आइतबार, भदौ १३, २०७८१५:०५

आज पीएसजीको जर्सीमा पहिलो खेल खेल्दै मेस्सी, नेइमार र एम्बाप्पेसँगको ट्रियोले गर्ने भयो धमाका !