एजेन्सी – यशश्वी जैसवाल उमेरले १७ वर्षका पुगे । भारतीय क्रिकेटमा पछिल्लो समय चर्चाको शिखरमा रहेका उनले कलिलै उमेरमा विश्व कीर्तिमान कायम गर्दै आईपीएलमा करोडमा अनुबन्ध भएका छन् ।
छोटो समयमा जति सफलता हात पारेका छन्, उनले त्यो भन्दा धेरै सघंर्ष गर्नु परेको छ । सामान्य परिवारमा जन्मिएका जैसवालको सघंर्षशील क्रिकेट यात्रा धेरैको लागि प्रेरणादायी बन्न सक्छ ।
क्रिकेट एक भोक हो । प्यासन हो । नसा हो । यी सबैलाई पुरा गर्न सहज छैन । संघर्ष र त्याग गर्न सक्नुपर्छ । आर्थिक कमजोरीकै कारण प्रतिवाभान् खेलाडीलाई आफ्नो लक्ष्यमा पुग्न पुग्न सक्दैनन् भन्ने हुँदैन । जैसवाल यसका राम्रा उदारण हुन् । जैसवाललाई राजस्थान रोयलसले २ करोड ४० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । छोटो समयमै उत्कृष्ट प्रर्दशन गर्दै स्टार खेलाडीको संभावना बोकेका जैसवाललाई टोलीमा भित्र्याउन धेरै टोलीले रुचि देखाएका थिए ।
बायाँ हाते ओपनर जैसवालले गत अक्टोबरमा विजय हजारे ट्रर्फिमा मुम्बईबाट झारखण्डबिरुद्ध १ सय ५४ बलमा १७ चौका र १२ छक्का सहित २ सय ३ रन बनाउँदै इतिहास रचेका थिए । लिष्ट एमा उनी विश्वमै सानो उमेरमा दोहोरो शतक प्रहार गर्ने खेलाडी हुन् । मुम्बईबाट घरेलु क्रिकेट खेल्ने जैसवालले रणजि ट्रफी, विजय हजारे, यू१७, यू१९ हुँदै, प्रथम श्रेणी खेलि सकेका छन् । गत वर्षको यू१९ एसिया कपमा ४ खेलमा ३ सय १८ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडीमा शीर्ष स्थानमा रहे ।
सन् २०१५ मा उनले ३ सय १९ नट आउट रन बनाउनुको साथै १३ विकेट लिदैं गिनिज बुकमा नाम छ । गत वर्ष दक्षिण अफ्रिकासँगको यू१९ टेष्ट खेलमा उनले १ सय ७३ रनको उत्कृष्ट इनिङ खेल्दै प्लेयर अफ द म्याच घोषित भएका थिए । २०१८–१९ विजय हजारे ट्रफीमा ६ खेलमा ५ सय ६४ रन बनाउँदै सर्वाधिक रन बनाउने खलाडीमा शीष पाँचौ रहे ।
जैसवाल सन् २००१ मा भारतको उत्तर प्रदेशको सुरियावान भदोहीमा डिसेम्बर २८ मा जन्मिएका हुन् । जैसवाल सानै देखि क्रिकेटमा रुचि राख्ने गर्दथे । उनले १० वर्षकै उमेरमा क्रिकेट खेलाडी बन्ने सपना राखेका थिए । उनको बुबाको भदोहीमै एक सामान्य पसल थियो । उनी बुबासँग सन् २०११ मा अंकलको घर मुम्बई गएका थिए ।
क्रिकेटमा उनीमा सानै देखि नै रुचि थियो । मुम्बईबाट क्रिकेट खेल्ने इच्छा लागेछ । उनले बुबालाई घर नफर्किने बताएपछि छोराको इच्छालाई नर्कान सकेनन् । जैसवाल मुम्बईको एक डेरी पसलमा गर्न थाले । दिउँसभर क्रिकेट खेल्थे । बेलुका र विहान सहयोग गर्थे ।
एकदिन उक्त डेरी पसलले दिउँभर क्रिकेट खेले भन्दै पसलबाट निकालीदिएपछि मुश्लिम युनाइट क्रिकेट क्लबकोे प्रसिद्ध अजाद मैदानमा गएका थिए । ११ वर्षको उमेरमा क्रिकेट खेलाडी बन्ने सपना देखेका उनको अभावको यात्रा सुरु हुन थाल्यो ।
अजाद मैदानमा उत्कृष्ट प्रर्दशन गरेपछि उनी त्यहाँको टेन्टमा बस्न पाए । टेन्टमा उनले निकै संघर्ष गर्नु पर्यो । बस्न सहज थिएन । गर्मीमा अत्याधिक गर्मी । वर्षामा त्यतिकै कठिन । विद्युत थिएन । शौचालय नजिक थिएन । राती सुत्नै कठिन थियो ।
थुप्रै पटक उनको अनुहारमा किराले टोक्दा सुनिएको बताउछन् । तर उनी आफ्नो सपनाबाट बिचलित भएनन् । उनको मनमा यदी मैले क्रिकेट खेल्ने हो भने यी कुरालाई मैल ध्यान दिनुहुँदैन, मेरो ध्यान क्रिकेटमै हुनुपर्छ ।
घरबाट कहिलेकाँही पठाइदिन्थे,त्यस पैसाले उनलाई पुग्ने कुरै थिएन । डेरी पसलले निकालेर टेन्टमा बसेको कुरा परिवारलाई जानकारी दिएका थिएनन् । उनले पानीपुरी बेच्न थाले । विहान देखि साँझसम्म क्रिकेट खेल्थे । बेलुका पानी पुरी बेचेर आफ्नो खर्च टार्थे । कुनै दिन दिउँसो शतक बनाएर बेलुका पानी पुरी बेच्दा उनलाई साह्रै नरमाइलो लाग्थ्यो । तर उनको यो आवश्कता र वाध्यता थियो । यसले उनलाई अझ राम्रो प्रर्दशन गर्न उर्जा मिल्थ्यो उनी बताउँछन् ।
‘काम सानो ठूलो हुँदैन । कामले फरक पर्दैन । मेरो दिमागका एक मात्र सोच जसरी पनि क्रिकेट खेलाडी बन्नुपर्छ भन्ने थियो’, उनले भनेका छन् । उनलाई पानी पुरी बेच्ने समयमा आफुसँगै खेल्ने खेलाडी नआए हुन्थ्यो लाग्थ्यो । भने जस्तो त कहाँ पो हुन्थ्यो र । कहिले काँही । आफुसँगै खेल्ने साथी पानी पुरी खान आउँथे । उनलाई साह्रै नरमाइलो लाग्थ्यो ।
साँझमा पानी पुरी बेच्ने र दिउँसमा क्रिकेट खेल्ने दैनिकी बनेको थियो । यसैबाट उनी थाकेका थिए । क्रिकेट बाहेक अर्को विकल्प उनले कहिल्य सोचेनन् । भनिन्छ कोही नहुनीको भगवान हुन्छ । जैसवाललाई सन् २०१३ डिसेम्बरमा प्रशिक्षक ज्वाला सिंह भगवान बनेर आए । नेटमा अभ्यास गरि रहेका जैसवालको प्रर्दशन देखेर साह्रै प्रभावित भएछन् ।
ज्वालाले पछि उनीसँग कुराकानी गर्नेक्रममा जैसवालको सबै संघर्ष सुनेपछि पछि आफ्नो मैदानमा बोलाएर प्रर्दशन हेरे । अनि ज्वालाले जैसवाललाई टेन्टबाट आफ्नो एकेडेमी लगेर गए । उनले त्यो टेन्ट र पानी पुरी दुबै बेच्न डिसेम्बर २०१३ मा छाडे ।
‘जुन बेला ज्वाला सर भेट हुनुभयो । अनि मेरो जीवनीले नयाँ मोड लियो । ज्वाला सरले मलाई तिमी क्रिकेट खेल । अरुसबै म हेर्छु भन्नुभयो’, उनले भने । ज्वालालाई जैसवाल भगवान मान्छन् । आफु जुन स्थानमा आएका छन् त्यो सबै ज्वालाइ श्रेय दिन्छन् । प्रशिक्षक ज्वालाको गएसँगै उनको जिवनीले नयाँ मोड लिन पुग्यो । उनी आफ्नो लक्ष्यमा धेरै मिहेनत, फोक गर्दै क्षमता बृद्धी गर्दै लगे ।
संघर्ष, मिहिनेत र धैर्यताले कुनै समय पानी पुरी बेच्दै क्रिकेट खेल्दै गर्ने उनी आज विश्वमै क्रिकेटर यशस्वी जैसवालको रुपमा चिनिदै छन् । जैसवालले आफ्नो संघर्षले मैदानमा उत्कृष्ट प्रर्दशन गर्न थप उर्जा मिल्ने बताउँछन् । जैसवालले सबैलाई आफ्नो काममा ध्यान केन्द्रित गर्ने हो भने नतिजा आफैं आउने बताउछन् ।
जैसवाल आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ भारतीय टोलीको प्रमुख खेलाडी हुन् । आगमी संस्करणको आईपीएलमा जैसवाललाई राजस्थान रोयल्सबाट खेल्ने बलियो संभावना छ । यी दुई प्रतियोगिताको प्रर्दशनले उनको आगमी क्रिकेट यात्रा निर्धारण गर्ने छ ।