काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्। सोमबार थापाले काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरे । पार्टीका नेता तथा कार्यकार्ताको चाहना अनुसार नै आफू उम्मेदवारी दिने पक्षमा रहेको उनले बताए।
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले आफूले आफ्नो निर्वाचन क्षेत्रबाटै उम्मेदवारीको घोषणा गरेको सुनाए। पार्टीको महामन्त्री रहेर जिम्मेवारी बहन गर्न सक्ने थापाको प्रतिवद्धता छ।
थापाले १३ औं महाधिवेशनमा पनि महामन्त्री पदमा उम्मेदवारी दिएका थिए। कृष्ण सिटौला प्यानल तर्फबाट उम्मेदवारी दिएका उनको प्रतिष्पर्धा अर्जुननरसिंह केसी र बीपी पुत्र डा. शशांक कोइरालासँग भएको थियो।