महान ग्रह शुक्र आफ्नो कमजोर राशि कन्याको यात्रा समाप्त गरी ६ सेप्टेम्बरको दिउसो १ बजेर ३ मिनेटबाट आफ्नो स्वामित्व रहेको राशि तुलामा प्रवेश गर्दैछ। यस राशिमा शुक्र अक्टुबर २ बिहान ९ बजेर ५९ मिनेटसम्म रहनेछ, त्यसपछि वृश्चिक राशिमा प्रवेश गर्नेछ। शुक्र लक्जरी जीवन, समृद्धि, जैविक संरचना, फिल्म उद्योग, भारी उद्योग, कस्मेटिक, केन्द्र वा राज्य सरकार विभागहरुमा उच्च पद दिलाउने ग्रह हो। यो वृष र तुला राशिको स्वामी ग्रह पनि हो। शुक्र ग्रह कन्या राशिमा नीच र मीन राशिमा उच्च मानिन्छ। तुला राशिमा शुक्रको प्रवेशले ३ राशिमा नकारात्मक प्रभाव पर्नेछ, यसबारे जानौं…..
वृष राशि
तुला राशिका शुक्र ग्रहको गोचर तपाईंको लागि मिश्रित फलदायी रहनेछ। पारिवारिक वातावरण नकारात्मक रहंदा मनमा निराशा छाउनेछ। शिक्षा क्षेत्रमा पनि गुप्त शत्रुसँग सावधान रहन आवश्यक रहेको छ। अनावश्यक वाद-विवादमा पर्न सकिन्छ। कानुनी झमेलामा नापरेकै राम्रो होला। यो समयमा कसैलाई धेरै पैसा उधारो नदिनुहोला, अन्यथा नोक्सान हुने सम्भावना उच्च रहेको छ।
वृश्चिक राशि
तपाईंको लागि यो समय त्यति खास नरहला। कुनै काम सफल हुँदा हुँदै पनि असफल हुनसक्छ, सावधानीका साथ काम गर्नुहोला। महँगा-महँगा सामान खरिद गर्नाले अधिक धन खर्च हुने देखिन्छ। प्रेम सम्बन्धमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। स्वास्थ्य सम्बन्धि समस्याले सताउला, विशेषगरी आँखा सम्बन्धि समस्या आइपर्ला। मित्र तथा आफन्तबाट अप्रिय समाचार प्राप्त हुनसक्छ।
मीन राशि
शुक्र ग्रहको गोचर तपाईंका लागि मिश्र फलदायी रहनेछ। आर्थिक रूपमा विभिन्न उतार-चढाव आउनेछ। स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढेर जानेछ। महिला वर्गको लागि बहने यो समय शुभ नै रहनेछ। गुप्त शत्रुहरुबाट बचेर नै रहनुहोला। कार्यक्षेत्रमा तपाईंको लागि समय त्यति खास भने नरहला।