एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत बिहिबार भारतको सामना गर्दैछ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो घरेलु खेल दशरथ रंगशालामा साँझ ५:३० बाट सुरु हुनेछ।
भारत विरुद्धको पहिलो खेलका खेल्ने सुरुवाती ११ सार्वजनिक भएको छ। प्रशिक्षक अलमुताइरीले भारत विरुद्ध खेल्न ४-३-३ को रणनीतिका साथ सुरुवाती ११ मैदानमा उतार्ने भएका छन्। गोलरक्षकको भूमिकामा कप्तान किरण कुमार लिम्बुले सुरुवात गर्ने भएका छन्। यससँगै उनले यसअघिका कप्तान रहेका विराज महर्जनको सर्वाधिक क्याप जित्ने कीर्तिमानलाई बराबरी गर्दैछन्। किरणले भारतविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल अन्तरगतको पहिलो खेलमा पहिलो रोजाईमा खेल्दै विराजको कीर्तिमानलाई बराबरी गर्न लागेका हुन्। विराजले यसअघि नेपालका लागि ७३ क्याप जितेका थिए। किरणको पनि यो नेपाली राष्ट्रिय टोलीका लागि यो ७३ औं खेल हो।
बुधबार प्रशिक्षक अलमुताइरीले वैकल्पिक गोलकिपरले पनि मौका पाउन सक्ने संकेत दिए पनि कप्तान किरणले नै सुरु गरेका छन्।डिफेन्डरमा सुमन अर्याल लेफ्ट ब्याकको रूपमा खेल्नेछन् भने दिनेश राजवंशी दायाँ तर्फ रहनेछन्। सेन्टर डिफेन्समा अनन्त तामाङ र गौतम श्रेष्ठले सुरुवात गरेका छन्। मिडफिल्डमा पुजन उपरकोटि, तेज तामाङ र सुमन लामा रहेका छन्।
भारत विरुद्ध नेपाली टोलीको आक्रमण पङ्क्ति अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलानले सम्हाल्नेछन्। भारत विरुद्ध प्रशिक्षक अलमुताइरीले उतारेको सुरुवाती ११ यस प्रकार छ:-
गोलकिपर: किरण कुमार लिम्बु
डिफेन्डर: सुमन अर्याल, दिनेश रास्जवंशी, अनन्त तामाङ र गौतम श्रेष्ठ
मिडफिल्डर: पुजन उपरकोटि, तेज तामाङ र सुमन लामा
फरवार्ड: अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान