घट्यो कोरोना संक्रमण दर, निको हुनेको सङ्ख्या उच्च !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार ७५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ६७ हजार २७१ पुगेको छ भने एन्टिजेन विधिबाट ८४ हजार ६९३ जनामा संक्रमण पुष्टि भएको छ।

थप ९ हजार ७७३ जनाको पिसिआर परीक्षण तथा ४ हजार ५६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ३५७ तथा एन्टिजेनबाट ३९९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३९ लाख ४६ हजार १८९ जना पुगेको छ । हालसम्म ७ लाख २३ हजार ४५६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार २७४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३३ हजार ००६ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २३ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ८०९ पुगेको छ।

प्रकाशित : शुक्रबार, भदौ १८, २०७८१६:३४

अमेरिकामा ऐतिहासिक बाढी र आँधी, पचासौं वर्षपछि यस्तो घटना भएको दाबी !