रोनाल्डोले सबैभन्दा बढी गोल यी ५ राष्ट्र विरुद्ध गरेका छन्, साना राष्ट्र विरुद्ध धेरै गोल !

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगतको युरोपियन छनोट खेलमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले रिपब्लिक अफ आयरल्यान्डविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

रोनाल्डोले इरानका अली दाईले १९९३ देखि २००६ को अवधिमा १४९ खेलमा १०९ गोल गर्दै राखेको कीर्तिमानलाई भंग गर्दै आफ्नो नाममा लेखाएका हुन् । पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोले सन् २००३ देखि हालसम्म १ सय ८०औं खेलमा यो कीर्तिमान हासिल गरेका हुन् । रोनाल्डोले ४४ राष्ट्रविरुद्ध गोल गरेका छन् ।

३६ वर्षीय रोनाल्डोले दुई राष्ट्र लिथुआनिया र स्वीडेनविरुद्ध सबैभन्दा धेरै ७ गोल गरेका छन् । विशेषगरी रोनाल्डोले ३० वर्ष पार गरेपछि बढी गोल गरेका छन् । उनले पछिल्ला ६ वर्षमा ५६ गोल गरेका छन् ।

४४ देश विरुद्ध गोल गरेका रोनाल्डोले सबैभन्दा बढी गोल कुन राष्ट्र विरुद्ध गरेका छन् त ? आज हामी यस्ता ५ देशका बारेमा बताउँछौं जसको विरुद्ध रोनाल्डोले सर्वाधिक गोल गर्न सफल भएका छन्….

५. लक्जेमवर्ग – ५ गोल

४. हंगेरी – ६ गोल

३. एन्डोरा – ६ गोल

२. लिथुआनिया – ७ गोल

१. स्वीडेन – ७ गोल

प्रकाशित : शनिबार, भदौ १९, २०७८१३:१७

नेयमर मोटायो भन्नेलाई स्टारको जवाफ- “मोटाएको हैन, जर्सी ठूलो भएको हो”