परिक्षण कम हुँदा संक्रमित पनि कम, निको हुनेको सङ्ख्या उच्च !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार ०८९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ६९ हजार २७१ पुगेको छ भने एन्टिजेन विधिबाट ८५ हजार ०५० जनामा संक्रमण पुष्टि भएको छ।

थप ५ हजार १७० जनाको पिसिआर परीक्षण तथा २ हजार ८०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ९७६ तथा एन्टिजेनबाट ११३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३९ लाख ५८ हजार ११२ जना पुगेको छ । हालसम्म ७ लाख २७ हजार १८५ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३१ हजार २४८ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २० जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ८३८ पुगेको छ।

प्रकाशित : आइतबार, भदौ २०, २०७८१६:२८

भाद्रकृष्ण औँसी श्राद्ध आज, कुशे औँसी भोलि !