‘आज देखि देशभरकै मौसममा क्रमिक सुधार आउनेछ’

काठमाडौँ, २० पुस : पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजदेखि सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर हुँदै गएकाले आज देखि देशभर मौसम सुधार हुदै प्रतिभा मान्धरले बताउनु भयो । “पश्चिमी वायु कमजोर हुँदै गएकाले पानी पर्ने र हिमपात हुने क्रम पनि रोकिँदै गएको हो । अब आजबाट  देश भरकै मौसममा क्रमिक सुधार आउनेछ,” मौसमविद् मानन्धरले भन्नुभयो ।

हाल देश भरको पहाडी भूभाग लगायत उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ । राति देशको उच्च पहाडी तथा पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

भोलि देशको उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । मङ्गलबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागमा भने मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएका छन् । साथै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम खुले पनि बिहान र बेलुका चिसो नै रहिरहने हुनाले चिसोबाट जोगिन सबैमा आग्रह गरेको छ ।

प्रकाशित : आइतबार, पुष २०, २०७६०७:१५

आज ४५ उम्मेदवारविरुद्ध उजुरी दिन सकिने