म्यानचेस्टर युनाइटेडका स्ट्राइकर जेसे लिंगार्डले २०२२ विश्वकप छनौट खेलमा गोल गरेपछि आफ्ना नयाँ टिममेट रोनाल्डोलाई आदर गरेका छन्। जेसे लिंगार्डले म्यानचेस्टर युनाइटेडका नयाँ साथी क्रिस्टियानो रोनाल्डोलाई एन्डोरा विरुद्ध इंग्ल्याण्डका लागि पहिलो गोल गरेपछि आदर अर्पण गरेका हुन्।
खेलको पहिलो गोल गरेका लिंगार्डले रोनाल्डोको ट्रेडमार्क सेलिब्रेसन गर्दै रोनाल्डोलाई आदर गरेका हुन्। उनले आफ्नै तरिका ‘जेलिंग्ज’ का साथमा रोनाल्डोको ‘सिउ’ सेलिब्रेसन गरेका हुन्। जुड बेलिंघम र बुकायो साकाको निकै उत्कृष्ट तालमेलपछि लिंगार्डले थ्री लायन्सका लागि पेनाल्टी स्पट भित्रबाट गोल गर्दै अग्रता दिलाएका थिए।
१२ वर्षपछि आफूलाई स्टार बनाएको क्लब म्यानचेस्टर युनाइटेड फर्किएका रोनाल्डोलाई स्वागत गर्ने खेलाडीमा पनि रहेका थिए जेसे लिंगार्ड। गत सिजन लोनमा वेस्ट ह्याम पुगेका स्ट्राइकरले यो सिजन भने युनाइटेडका लागि नै खेल्नेछन्। गयराती एन्डोरा विरुद्धको खेलको स्टार बनेका लिंगार्डले रोनाल्डोलाई इन्स्टाग्राममा पोस्ट गर्दै क्लबमा स्वागत गरेका थिए।
View this post on Instagram
म्यानचेस्टरमा पहिलो कार्यकालमा रहँदा देखि रोनाल्डोलाई आफ्नो आइडल माने लिंगार्डले आफ्नो र रोनाल्डोको फोटो साझा गर्दै लेखेका थिए,”घरमा स्वागत छ, रोनाल्डो।” रोनाल्डो रेड डेभिलमा हुँदा क्लबको युथ एकेडेमीमा रहेका खेलाडी हुन् लिंगार्ड।
म्यानचेस्टर क्लबमा ६ सिजन खेलेका रोनाल्डोले क्लबमा कुल १२८ गोल गरेपछि २००९ मा रियल म्याड्रिड प्रस्थान गरेका थिए। जसपछि २०१८ मा इटालियन क्लब युभेन्टस पुगेका रोनाल्डो १२ वर्षपछि गत महिना म्यानचेस्टर फर्किएका हुन्।