केटीहरु आफ्नो पार्टनरहरूमा खोज्छन् यी गुण, तपाई पनि थाहा पाउनुहोस्

जस्तै हरेक केटाहरुलाई विभिन्न प्रकारका केटी मन पर्छ। त्यसै गरि हरेक केटीहरुलाई पनि बिभिन्न प्रकारका केटाहरु मनपर्दछ।  प्रत्येक केटीले आफ्नो जीवन साथिमा त्यस्ता गुणहरु खोज्ने गर्छन् जुनले उनीहरुप्रति ईमानदारी र निष्ठा देखाउन। कुनै पनि सम्बन्धमा सबै भन्दा महत्वपूर्ण कुरा भनेको दुबैले एक अर्कालाई सम्मान र इज्जत हुन्छ। त्यसोभए आउनुहोस्, केटीहरुलाई केटाहरुका कस्तो बानीले आकर्षित गर्दछ भन्ने बिषयमा छलफल गरौ।

संवेदनशील व्यक्ति


प्रत्येक केटीलाई केटाहरूको संवेदनशीलता सबैभन्दा बढी मन पर्ने गर्दछ। उनीहरु एक संवेदनशील व्यक्तिलाई उनको जीवन साथीको रूपमा हेर्न चाहन्छिन्। उनीहरुका अनुसार संवेदनशील व्यक्तिको मन सफा हुने गर्दछन्।

‘सेन्स अफ् ह्यूमर’ राम्रो भएको

केटीहरु ‘सेन्स अफ् ह्यूमर’ राम्रो भएको केटाहरुलाई निकै मन पराउँछन्। किनकि त्यस्ता केटाहरू सँधै खुशी रहन्छन्, साथै उनिहरूको वरपरका मानिसहरूलाई पनि खुशी पार्न सधै प्रयास गरिरहेका हुन्छन्। यस कारणले, प्रत्येक केटीले निश्चित रूपमा केटाहरू बीच हास्य भावना खोज्ने गर्दछ।

सहयोगको भावना 

सहयोगको भावना भएका केटाहरु प्रति केटिहरु आफै आकर्षित हुने गर्दछ। किनकि त्यस्ता पुरुषहरूले महिलाको सम्मान गर्न  र महिलाहरूलाई सहयोग गर्नबाट कहिल्यै पछि हट्दैनन्।

जानकार व्यक्ति

महिला तथा केटीहरू ज्ञानी पुरुषहरूमा बढी नै आकर्षित हुने गर्दछन्। केटाहरूको बुद्धिमानिताले केटीहरूलाई आफुतिर तान्दछ। केटीहरुले जुन सुकै व्यक्तिसंग बोल्दा वा भेट्दा त्यस व्यक्तिको बानी र बोल्ने तरिकामा ध्यान दिई नै रहेकी हुन्छिन्।

खाना पकाउन सक्ने 

यी सबै चीजहरू बाहेक, केटीहरूलाई खाना पकाउन आउने केटाहरु पनि मन पर्ने गर्दछ। हुनत खाना मात्रै पकाउन आएर मन पराउने भन्ने  चाहिँ होइन। तर सबै केटीले महसुस गर्छिन् कि उनको पार्टनरले उनलाई पनि कहिले काही खाना पकाएर ख्वाउन।

प्रकाशित : सोमबार, पुष २१, २०७६१२:३६

विश्वका सबैभन्दा साना १० देश, धेरै देशहरुको नाम पनि सुन्नुभएको छैन होला !