आफ्नो पालाका खेलाडी आफ्नै प्रशिक्षक बनिसके, रोनाल्डो भने अझै उस्तै प्रभावशाली र उत्कृष्ट खेलाडी !

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको जीवन र करियरको बारेमा प्राय: मानिसलाई थाहा नै होला। रोनाल्डोको खेल जीवन, उनका उपलब्धि, गोल, मानसिकता आदि को त धेरै नै चर्चा हुने गर्छ। तर मैदानमा उनको निरन्तरताको बारेमा सायद नै धेरैले चर्चा गरेका छन्। आज हामी फुटबल क्षेत्रमा रोनाल्डोको निरन्तरताको बारेमा चर्चा गर्दैछौं।

२००३ मा जब रोनाल्डो म्यानचेस्टर युनाइटेडसँग किशोरावस्थामा अनुबन्ध भए। त्योबेला रोनाल्डो ओले गनर सोल्सारको टिममेट रहेका थिए। त्यस्तै, फ्रेन्च दिग्गज जिनेदिन जिदान र इटालियन दिग्गज आन्द्रे पिर्लो उनका विरोधी टोलीका प्रमुख सदस्य रहेका थिए। रोनाल्डोले २००६ विश्वकप सेमी-फाइनलमा जिदान विरुद्ध खेलेका थिए। त्यस्तै, च्याम्पियन्स लिगमा एसी मिलान विरुद्ध खेल्दा उक्त टोलीमा आन्द्रे पिर्लो हुने गर्थे।

तर जब यी दुई खेलाडीले फुटबलबाट सन्यास लिने घोषणा गरे, दुबै खेलाडी प्रशिक्षण क्षेत्रमा लागे। प्रशिक्षकका रूपमा जिदान र पिर्लो दुबैले रोनाल्डोलाई पशिक्षण दिए। रोनाल्डोले जिदानको प्रशिक्षणमा रियलमा खेल्दा युभेन्टसमा उनले पिर्लोको प्रशिक्षणमा खेले।

त्यस्तै, १२ वर्षपछि म्यानचेस्टर फर्किएका रोनाल्डो क्लबमा दोस्रो पटक पूर्व टिममेट ओले गनर सोल्सारको प्रशिक्षणमा डेब्यु गर्नेछन्। यसका साथै उनका पूर्व टिममेट वायन रुनी पनि अहिले प्रशिक्षण मै व्यस्त रहेका छन्। आफ्ना पुराना टिममेट तथा आफ्ना समयका खेलाडी प्रशिक्षकका रूपमा आइरहँदा रोनाल्डो भने ३६ वर्षको उमेरमा पनि उत्तिकै प्रभावशाली खेलाडी रहेका छन्।

प्रकाशित : बुधबार, भदौ २३, २०७८१५:०९

एम्बाप्पे र रियल बीचको बाधक बन्न सक्छन् मेस्सी-नेयमार !