आइपिओको नतिजा सार्बजनिक , यसरी हेर्नुहोस्

काठमाडौँ – तेह्रथुम पावर कम्पनीको साधारण शेयर(आइपिओ)को बाँडफाँडको सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटका अनुसार तेह्रथुम पावर कम्पनीको शेयरको बाँडफाँड शुक्रबार सम्पन्न भएको हो।

आइपिओका लागि आवेदन दिएका योग्य आवेदकहरुलाई गोलाप्रथाबाट आइपिओ बाँडफाँड गरिएको एनआईबिएल एस क्यापिटले जनाएको छ। आइपिओ बाँडफाँड हुँदा ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन्।

कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्मका लागि आवेदन खुला गारेको थियो। कम्पनीले रु एक सय अङ्कितका दरले ८ लाख कित्ता शेयर निष्काशन गरेकोमा ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेका ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो।

कम्पनीको शेयरका लागि २३ लाख ५५ हजार ४४७ आवेदन परेकोमा ८ हजार ८२० वटा आवेदन रद्ध भएको बताइएको छ। २३ लाख ४६ हजार ६२७ वटा आवेदन योग्य ठहरिएका थिए।

आइपिओको नतिजा मे सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।

 

प्रकाशित : शुक्रबार, भदौ २५, २०७८११:३१

कोरोना संक्रमण बढेपछि काभ्रेमा पुनः मिश्रित लकडाउन ! के-के खुल्छन्, के-के खुल्दैनन् ?