शुक्रबार विश्वकप छनौट खेलमा उत्कृष्ट ह्याट्रिक गर्दै बोलिभियालाई ३-० ले पराजित गरेपछि घरेलु दर्शक माझ कोपा अमेरिका उपाधि प्रस्तुत गर्दा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी निकै भावुक भए। बोलेभिया विरुद्धको खेलमा मेस्सी स्टार बनेको खेलमा अर्जेन्टिनाले बोलिभियालाई सहजै पराजित गर्न सफल भयो।
पहिलो हाफमा एक गोल गरेका मेस्सीले दोस्रो हाफमा थप २ गोल गर्दै ह्याट्रिक पूरा गरे। उक्त ह्याट्रिकसँगै ३४ वर्षीय स्ट्राइकरले अर्जेन्टिनी राष्ट्रिय टोलीका लागि ७९ गोल गरेका छन्। ६ पटकका ब्यालुन डी ओर विजेता मेस्सी ब्राजिलियन दिग्गज पेलेको ७७ गोलको रेकर्ड तोड्दै दक्षिण अमेरिका महादेशका सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्।
Video of the day. Leo Messi crying tears of joy after finally celebrating Copa America with Argentinian people. 🇦🇷🏆 #Messi
…and yes, it’s even more beautiful than his great hattrick scored tonight, becoming best South American scorer in history.https://t.co/28Hbl7LBEZ
— Fabrizio Romano (@FabrizioRomano) September 10, 2021
ह्याट्रिक गरेको खेलमा मेस्सीको सबैभन्दा खुसीको क्षण भने खेलपछि मात्र आयो। बोलिभियालाई पराजित गरेसँगै मेस्सीका साथै हरेक अर्जेन्टिनी खेलाडीले घरेलु दर्शकको सामु कोपा अमेरिका उपाधि प्रस्तुत गर्दै सेलिब्रेसन गरेका थिए। घरेलु दर्शक माझ कोपा अमेरिका उपाधि प्रस्तुत गर्नु मेस्सीको लागि अत्यन्त गर्वको कुरा रह्यो, जसको कारण उनले आफ्नो आँखाबाट आँसु रोक्न सकेनन्। उक्त क्षणले देखाउँछ कि मेस्सीको लागि आफ्नो देश कति प्यारो छ।
आफ्नो देशका लागि सनसनीपूर्ण प्रदर्शनपछि एक अन्तर्वार्तामा उनले भने: “यो भन्दा खुसीको पल केहि हुनै सक्दैन। मेरी आमा यहाँ छिन्। मेरा दाजु-भाइ छन्। उनीहरुले मेरो लागि धेरै गरेका छन्, त्यसैले यहाँ उपाधि जितेको सेलिब्रेसन गर्दा उनीहरु पनि छन्।”