भाद्रपद शुक्ल पक्षको पाँचौं दिन ऋषि पञ्चमी मनाईन्छ। ऋषि पञ्चमीको दिन आफूले गरेको गल्तीहरुका लागि क्षमा माग्दै व्रत राख्ने विधान रहेको थियो। यस दिन, सबै पुरुष र महिला सात ऋषिको आशिर्वाद प्राप्त गर्न व्रत राख्छन्। ऋषि पञ्चमीमा आफ्नो पुर्खाहरुको नाममा दान गरेर पनि रोकिएको काममा सफलता प्राप्त गर्न सकिन्छ। यस वर्षको ऋषि पञ्चमी भदौ २६ गते शनिबार परेको छ।

ऋषि पञ्चमीमा कसरी राख्ने व्रत ?
सूर्योदय भन्दा पहिले उठ्नुहोस्, नुहाउनुहोस् र सफा, पहेंलो कपडा लगाउनुहोस्। घरको पूजा कोठा शुद्ध जलका साथ शुद्ध बनाउनुहोस्। सप्त ऋषि स्थापना गर्नुहोस् र त्यसको अगाडि पानी भरिएको कलश राख्नुहोस्। सप्त ऋषिलाई धूप-दीप गरेर पहेँलो फल-फूल र मिठाई चढाउनुहोस्। अब सप्त ऋषि सामु आफूले गरेका गल्तीका लागि माफी माग्नुहोस र अरुलाई मद्दत गर्न संकल्प गर्नुहोस्। सबै मानिसहरुलाई व्रत कथा सुनाएपछि, आरती प्रदर्शन र सबैलाई प्रसाद खुवाउनुहोस्। अग्रजको खुट्टा छोएर आशीर्वाद लिनुहोस्।

दिब्य उपायले हट्नेछ समस्या
ऋषि पञ्चमीको दिन बिहान सबेरै उठेर नुहाएर सफा लुगा लगाउनुहोस्। ११ साना साना हरियो इलाइची लिनुहोस् र भगवान गणपतिको अगाडि एक प्लेटमा राख्नुहोस। भगवान गणपतिको अगाडि गाईको घीउमा बत्ती बाल्नुहोस् र पहेंलो फल राख्नुहोस्। अब ओम विद्या बुद्धि प्रदाय नमः मन्त्र १०८ पटक रातो चन्दन वा रुद्राक्षको मालासंगै जप गर्नुहोस्। यसो गर्नाले विद्यामा आइरहेका समस्याबाट छुटकारा पाइनेछ।

पितृको आशिर्वादका कारण बढ्नेछ धन
ऋषि पञ्चमीको दिन बिहान नुहाएर सफा लुगा लगाउनुहोस्। यदि सम्भव छ भने, घरको भान्छा सफा गरेर गाईको दुधको खीर बनाउनुहोस्। आफ्नो घरको दक्षिण दिशामा पितृको तस्वीर राख्नुहोस् र त्यसको अगाडि घिउमा बत्ती जलाउनुहोस्। ५ विभिन्न पानको पातमा थोरै थोरै खीर राख्नुहोस् र त्यसमा इलायची राख्नुहोस्। ओम् पितृ देवय नमः मन्त्र २७ पटक जप गरेपछि पाँच पानको पात पीपलको रुखको जरामा चढाउनुहोस्। पितृको नाममा गरिबलाई खाना खुवाउनुहोस्।

