बार्सिलोना, रियल म्याड्रिड र युभेन्टस बिना कै च्याम्पियन्स लिग ?

एलेक्जेन्डर सेफेरिनका अनुसार युरोपेली सुपर लिगका तीन स्थापक सदस्य – रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसको च्याम्पियन्स लिगबाट सम्भावित बिदाई यूईएफएको लागि चिन्ताको विषय हुनेछैन।

यूईएफए अध्यक्षले यी क्लबहरु नयाँ युरोपेली लिग बनाउने निर्णय गर्नुका साथै च्याम्पियन्स लिगमा भाग लिन पनि इच्छुक रहेको कुरा आफूले बुझ्न नसकेको बताएका छन्। सेफेरिनले यस सप्ताहन्तमा डेर स्पीगलमा प्रकाशित एक अन्तर्वार्तामा भने,”उनीहरु गए भने पनि केहि फरक पर्दैन। हास्यास्पद कुरा के छ भने उनीहरु नयाँ प्रतियोगिता सिर्जना गर्न चाहन्छन् अनि त्यहि समयमा उनीहरु च्याम्पियन्स लिग पनि खेल्न चाहन्छन्।”

तीनै क्लबका अध्यक्षलाई कडा प्रहार गर्दै यूईएफए अध्यक्षले भने,”यी तीन क्लबमा असक्षम अध्यक्ष रहेका छन्। उनीहरुले फुटबललाई नै मर्न कोशिस गरिरहेका छन्।” रियल म्याड्रिडको पीएसजी स्टार किलियन एम्बाप्पे अनुबन्ध गर्ने असफल चालको सन्दर्भमा सेफेरिनले रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई प्रहार गरेका छन्।

“उनी यूईएफएको आलोचना गर्दै सुपर लिगले मात्र क्लबको आर्थिक स्थिति सुध्रिने कुरा गर्छन् अनि एम्बाप्पेलाई १८० मिलियनको ठूलो रकममा अनुबन्ध गर्न चाहन्छन्,” सेफेरिनले भने।

के युरोपियन सुपर लिग स्थापना गर्ने अडिक रहेका तीन ठूला युरोपियन क्लबले युईएफए च्याम्पियन्स लिग छाड्दा केहि फरक नपर्ला त ?

प्रकाशित : शनिबार, भदौ २६, २०७८१७:२०

“रियल, बार्सिलोना र युभेन्टस च्याम्पियन्स लिगमा नभएपनि फरक पर्दैन”