सात वर्ष अगाडी आगो लगाएको यो जोडी, बार्सिलोनामा होला त सफल ?

एजेन्सी – गत सिजन बार्सिलोनाको नयाँ प्रशिक्षकमा नियुक्त भएका रोनाल्ड कोम्यान आफ्नो छुट्टै अभियानमा छन्। निरन्तर कम्जोर हुँदै गएको बार्सिलोनालाई नयाँ रुप दिने र सशक्त बनाउने उनको अभियान जारी छ। त्यसको लागि उनले विभिन्न नयाँ प्रयोगहरु गरिरहेका छन्। कोम्यानको अभियानमा सबै भन्दा ठूलो भूमिका डच खेलाडीहरुको हुने देखिन्छ।

बार्सिलोनामा अहिले तीन मुख्य डच खेलाडी छन्। डच राष्ट्रिय टोलीका सदस्य समेत रहेका फ्रेन्की डे जोङ्ग सन् २०१९ देखि बार्सिलोनामा छन्। मेम्फिस डिपे यसै सिजन बार्सिलोना आएका हुन् भने केहि हप्ता अगाडी मात्र अर्का डच खेलाडी लूक डे जोङ्ग लोनमा बार्सिलोना आइपुगेका छन्।

तीनै खेलाडीको कोम्यानसँग राम्रो सम्बन्ध रहेको छ। कोम्यान डच राष्ट्रिय टोलीको प्रशिक्षक हुँदा तीनैले कोम्यानसँग काम गर्ने मौका पाएका थिए। पहिला काम गरिसकेको भएकै कारण कोम्यानले लूक डे जोङ्गलाई बार्सिलोनामा ल्याएको हो। कोम्यानकै आग्रहमा बार्सिलोनाले लूक डे जोङ्गलाई लोनमा भएपनि अनुबन्धित गरेको बताइन्छ।

डिपेसँग खेल्न लूक डे जोङ्ग उत्साहित

केहि हप्ता अगाडी मात्रै बार्सिलोना आइपुगेका लूक डे जोङ्गले डिपेसँग खेल्न आफू उत्साहित रहेको बताएका छन्। लूक डे जोङ्ग र डिपेले सन् २०१४-१५ को सिजनमा पिएसभीबाट खेलका थिए। उक्त सिजन लूक डे जोङ्ग र डिपेको जोडीले ५२ गोल गरेको थियो। सात वर्ष पनि लूक डे जोङ्ग र डिपे पुनः एक भएका छन्। दुई बीच सात वर्ष अगाडी जस्तै जुगलवन्दी देख्न पाइने आशा कोम्यानले गरेका छन्।

लूक डे जोङ्ग डिपेसँग आफ्नो धेरै राम्रो सम्बन्ध रहेको र आफू शेरे उत्साहित रहेको बताउँछन्। आफूहरु एकअर्कालाई धेरै राम्रोसँग बुझ्ने र त्यसले मैदानमा धेरै फाइदा पुर्याउने उनको भनाई छ।

प्रकाशित : शनिबार, भदौ २६, २०७८१८:४३

आजै रोनाल्डोको डेब्यू, सुरुवाती ११ मा सिधै इन्ट्री !