रोनाल्डोले युनाइटेडका हरेक खेलमा मौका नपाउने सङ्केत, पूरा ९० मिनेट खेल्नेमा पनि शंका !

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्साएरले युनाइटेडका हरेक खेलमा रोनाल्डोले मौका नपाउने सङ्केत गरेका छन्। पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा सोल्साएरले रोनाल्डो युनाइटेका हरेक खेलमा र पूरा ९० मिनेट नै खेल्न पाउने सम्भावना नरहेको सङ्केत गरेका हुन्।

युनाइटेडमा धेरै राम्रा खेलाडी रहेका कारण रोनाल्डोलाई मिलाएर खेलाउने उनको योजना छ। ३६ वर्षको उमेरमा पनि विश्वको उत्कृष्ट स्ट्राइकरको रुपमा रहेका रोनाल्डोलाई पूरा ९० मिनेट र सबै खेलमा खेलाउने भन्दा पनि आवश्यकता अनुसार खेलाउने उनको योजना छ। टीमलाई चलायमान बनाउन सबैलाई मौका दिनुपर्ने सोल्साएर बताउँछन्।

“हामीसँग ३६ वर्षीय रोनाल्डो छन् र १९ वर्षका मेसन ग्रीनवुड पनि छन्। मेरा लागि दुवै उस्तै छन्। मैले सबै व्यवस्थापन गर्नपर्ने हुन्छ। मैले १९ वर्षका ग्रीनवुडलाई पनि खेलाउनुपर्छ। सँगै रोनाल्डोलाई पनि छुटाउन सक्दिन। मैले हरेक मिनेटको व्यवस्थापन गर्नुपर्ने हुन्छ।”,उनले भने।

रोनाल्डोको आगमन पछि युनाइटेडको स्क्वाडमा प्रतिष्पर्धा बढेको पनि उनले सङ्केत गरे। कुनै पनि टीममा स्वस्थ प्रतिष्पर्धा आवश्यक रहेको उनको भनाई छ। राफेल वराने र रोनाल्डो जस्ता खेलाडीको आगमनले युनाइटेड थप बलियो भएको पनि उनले बताए। आफ्नो करियरमा धेरै उपाधि जितिसकेका दुई खेलाडीको उपस्थितले टीमलाई सफलता तर्फ डोर्याउने उनको विश्वास छ।

“रोनाल्डो र राफेललाई देखेर युवा खेलाडीहरुले धेरै कुरा सिक्न पाउनेछन्। त्यसले टीमलाई पनि धेरै फाइदा पुग्ने मैले आशा गरेको छु। हरेक स्थानका लागि प्रतिष्पर्धा हुनेछ।”,उनले भने।

प्रकाशित : सोमबार, भदौ २८, २०७८१२:०४

बार्सिलोना रियल म्याड्रिडको कब्जामा रहेको खुलासा !