बार्सिलोना रियल म्याड्रिडको कब्जामा रहेको खुलासा !

एजेन्सी – ला लिगाका अध्यक्ष जेभियर टेबासले बार्सिलोना रियल म्याड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजको कब्जामा रहेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा टेबासले बार्सिलोनालाई पेरेजले बन्धक बनाएको गम्भीर आरोप लगाएका हुन्।

लगानी कोष (सीभीसी)सँग स्पेनिस ला लिगाले सम्झौता गर्दा बार्सिलोनाले ठूलो रकम पाउने भएपनि रियल म्याड्रिड अध्यक्ष पेरेजको उक्सावटमा उक्त रकम अस्विकार गरेको खुलासा टेबासले गरे। बार्सिलोना सीभीसीका लागि पहिला तयार भएपनि पछि गएर पेरेजको उक्सावटमा लागेको टेबासको आरोप छ।

“फ्लोरेन्टिनो पेरेजले बार्सिलोनालाई बन्धक बनाएका छन्।”,टेबासले भने,”बार्सिलोना एक महिना अगाडी सीभीसीका लागि तयार थियो। तर, रियल म्याड्रिडले सम्झौता अस्विकार गरेपछि बार्सिलोना पनि पछि हट्यो।”

त्यस्तै उनेल लियोनेल मेस्सीको बहिर्गमन आर्थिक कारणले नभएको पनि स्पष्ट पारेका छन्। त्यसबेला मेस्सीको बहिर्गमन रोक्न सकिने अवस्था थिए भन्ने उनको बुझाई छ। उनले भने,”मलाई राम्रोसँग थाहा छ कि मेस्सीको बहिर्गमन आर्थिक कारणले भएको थिएन। र त्यो रोक्न नसकिने पनि थिएन।”

मेस्सीको बहिर्गमन लालिगाका लागि बढी नै दुखदायी भएको पनि उनले बताए। व्यक्तिगत रुपमा आफू मेस्सीलाई फुटबल इतिहाँसकै सर्वोत्कृष्ट खेलाडी मान्ने हुन्ह्दा पनि आफूलाई त्यस्तो लागेको उनको भनाई छ।

“सायद मेस्सीको बहिर्गमन अलि बढी पीडादायी भयो जस्तो लाग्छ। म व्यक्तिगत रुपमा मेस्सीलाई इतिहाँसकै सर्वोत्कृष्ट भन्ने भएर पनि होला त्यस्तो लागेको।”,उनले भने।

प्रकाशित : सोमबार, भदौ २८, २०७८१२:४५

रोनाल्डो बुढो भयो भन्नेलाई मुख-तोड जवाफ, साढे ३२ किमी रफ्तारमा कुद्दै गरे सुन्दर गोल [भिडियो सहित]