शनिबार म्यानचेस्टर युनाइटेडका लागि दोस्रो डेब्यु गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले न्युकासल विरुद्ध ३२.५ किलोमिटर प्रति घण्टाको रफ्तार हिट गर्न सफल भए जुन ३६ वर्षीय अन्य खेलाडीको लागि ठूलो कुरा हुनसक्छ।
युनाइटेड ४-१ ले विजयी भएको खेलमा रोनाल्डोले २ गोल गर्न सफल भए। गत फेब्रुअरी ५ बाट ३६ वर्षका भएका रोनाल्डो विश्व फुटबलका सबैभन्दा फिट खेलाडी मानिन्छन् र उनको न्युकासल विरुद्ध दोस्रो गोलले त्यसलाई विल्कुल सहि साबित गरेको छ। ल्यूक शले दिएको थ्रु बललाई सदुपयोग गर्दै रोनाल्डोले जसले फ्रेडी वुडम्यानको खुट्टाको बिचबाट निकै सुन्दर गोल गर्न सफल भएका थिए।
बीबीसी स्पोर्टले पुष्टि गरेको छ कि पाँच पटकका ब्यालोन डी’ओर विजेताले ३२.५ किलोमिटर प्रतिघण्टा, जुन लगभग २०.२ माइल प्रतिघण्टा रफ्तारमा कुदेर उक्त गोल गरेका थिए। हामी तपाईंलाई एकपटक फेरी सम्झाउन जाँदैछौं कि रोनाल्डो ३६ वर्षीय खेलाडी हुन्। ३० भन्दा ४० को नजिक।
— James John (@JamesJohn2427) September 12, 2021
१२ वर्षपछि रातो जर्सीमा फर्किएका रोनाल्डोलाई युनाइटेडको जर्सीमा देख्दा क्लबका समर्थक निकै उत्साहित रहेका थिए। मेसन ग्रिनवुडको कडा प्रहारलाई न्युकासलका गोलकिपरले बचाउ गर्दा आएको रि-बाउन्ड बलमा सहज गोल गर्दै रोनाल्डोले क्लबलाई १-० को अग्रता दिलाउन सफल भए। पहिलो हाफमा १-० को अग्रताका साथ दोस्रो हाफमा मैदान उत्रिएको युनाइटेडले दोस्रो हाफको सुरुवात भने राम्रो गर्न सकेन।
📊 During the run he made for his 2nd goal, Cristiano Ronaldo hit a top speed of 20.2mph (32.5kmph). [BBC]
Still got it ⚡ pic.twitter.com/yLifPuneEH
— UtdDistrict (@UtdDistrict) September 11, 2021
पहिलो १० मिनेटमा नै न्युकासलका मान्किलोले गोल गर्दै खेल बराबरीमा लेराएका थिए। तर त्यसको केहि समय मै रोनाल्डोले सुन्दर गोल गर्दै रेड डेभिललाई पुन: अग्रता दिलाएका थिए। उक्त गोल गर्ने क्रममा नै रोनाल्डो ३२.५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुदेका थिए। खेल सकिन केहि समय अगाडी मात्र जेसे लिगार्डले गोल गर्नु अघि ब्रुनो फर्नान्डेजले उत्कृष्ट गोल गर्दै जीत पक्का गरेका थिए।