देशभर कोरोना संक्रमितको सङ्ख्या साढे ८ लाख माथी, २४ घण्टामा १४८६ संक्रमित थपिए !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार ४८६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ७८ हजार ३१२ पुगेको छ भने एन्टिजेन विधिबाट ८७ हजार ०३१ जनामा संक्रमण पुष्टि भएको छ।

थप १२ हजार ५३२ जनाको पिसिआर परीक्षण तथा ४ हजार ००७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट एक हजार १४९ तथा एन्टिजेनबाट ३३७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४० लाख ३४  हजार ५९३ जना पुगेको छ । हालसम्म ७ लाख ४० हजार ७१७ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार २६० सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९५ दशमलप २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या २६ हजार ६३० रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १६ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ९६५  पुगेको छ।

प्रकाशित : सोमबार, भदौ २८, २०७८१६:१४

एमाले अध्यक्ष ओलीको मुद्दा हेर्न नभ्याइने सूचीमा