दशैंको लागि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्दै, कतिसम्म साट्न पाइन्छ?

काठमाडौँ, राष्ट्र बैंकले असोज ४ गतेबाट नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले यस वर्ष दशैंको लागि सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) गर्न लागेको हो। गत वर्ष कोरोना महामारीको कारण राष्ट्र बैंकले नोट वितरण (सटही) गरेको थिएन  ।

यस वर्ष भने सर्वसाधारणले राष्ट्र बैंकको प्रधान कार्यालय बालुवाटार तथा क्षेत्रीय कार्यालयहरुबाट  नयाँ नोट साट्न पाउने भएका छन्। साथै सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका आफूलाई पायक पर्ने शाखाबाट  सर्वसाधारणले ५, १०, २०, ५० र  १०० अंकित दरका नोट सटही गर्न पाउने छन्  ।

राष्ट्र बैंकबाट एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म मात्र नयाँ नोट पाउने छन्।

प्रकाशित : सोमबार, भदौ २८, २०७८१७:१६

वाग्मतीमा नयाँ सरकार बनाउन राजेन्द्र पाण्डेलाई जिम्मा