हामी फिफा २२ को आधिकारिक रिलीज मितिबाट मात्र १८ दिन टाढा छौं र ईए स्पोर्ट्सले शीर्ष २२ खेलाडी सार्वजनिक गरेको छ। प्रकाशकले एक पटक फेरी लियोनल मेस्सीलाई ९३ को रेटिंग सहित विश्वको उत्कृष्ट खेलाडीको दर्जा दिएका छन्। तर लामो समयपछि पहिलो पटक टप २ मा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो छैनन्।
पछिल्लो २ वर्ष निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका बार्यन म्युनिख स्टार रोबर्ट लेवान्डोस्की ९२ रेटिंगका साथ दोस्रो स्थानमा रहेका छन्। तेस्रो स्थानमा रहेका ५ पटकका ब्यालुन डी ओर विजेता रोनाल्डोको ९१ रेटिंग रहेको छ। रोनाल्डोका साथै अन्य ४ स्टार ९१ रेटिंगका साथ संयुक्त तेस्रो स्थानमा रहेका छन्: किलियन एम्बाप्पे, नेयमार, केभिन डी ब्रुएन र जान ओब्लाक।
Let the debates begin 🗣️ The #FIFA22 Top 22 are here. #FIFARatings
Learn more 👉 https://t.co/ZK0OTWbF37 pic.twitter.com/PrqHGfLJWV
— EA SPORTS FIFA (@EASPORTSFIFA) September 13, 2021
यस्तो छ पूरा सूची:-
१. लियोनल मेस्सी – पीएसजी – ९३
२. रोबर्ट लेवान्डोस्की – बार्यन म्युनिख – ९२
३. क्रिस्टियानो रोनाल्डो – म्यानचेस्टर युनाइटेड – ९१
४. केभिन डी ब्रुएन – म्यानचेस्टर सिटी – ९१
५. किलियन एम्बाप्पे – पीएसजी – ९१
६. नेयमार – पीएसजी – ९१
७. जान ओब्लाक – एथलेटिको म्याड्रिड – ९१
८. ह्यारी केन – टोटनह्याम – ९०
९. एन्गोलो कान्ते – चेल्सी – ९०
१०. मानुएल नुएर – बार्यन म्युनिख – ९०
११. मार्क आन्द्रे टर स्टेगेन – ९०
१२. मोहम्मद सलाह – लिभरपुल – ८९
१३. जियानलुइजी डोनारुमा – पीएसजी – ८९
१४. केरिम बेन्जामा – रियल म्याड्रिड – ८९
१५. भर्जिल भानडाइक – लिभरपुल – ८९
१६. जोसुवा किमिक – बार्यन म्युनिख – ८९
१७. सन ह्युन मिंग – टोटनह्याम – ८९
१८. एलिसन बेकर – लिभरपुल – ८९
१९. थिबो कुर्टुवा – रियल म्याड्रिड – ८९
२०. क्यासेमिरो – रियल म्याड्रिड – ८९
२१. एडर्सन – म्यानचेस्टर सिटी – ८९
२२. साडियो माने – लिभरपुल – ८९