आज राति बार्यन र बार्सिलोना बीच महा भिडन्त, ८-२ को बदला लिने दाउमा बार्सिलोना !

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो राउन्डको खेलमा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा जर्मन च्याम्पियन बायर्न म्युनिखको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा बार्सिलोना बायर्नलाई हराउँदै दुई सिजन अघि बेहोरेको लज्जास्पद हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । टोली १५ मार्च २०२० को क्वाटरफाइनलमा ८–२ को फराकलो गोल अन्तरले पराजित भएको थियो ।

तर, घरेलु मैदानमा बायर्नविरुद्ध उत्रदा टोलीलाई चोटले पिरोलेको छ । फरवार्ड अन्सु फाती, सर्जियो अगुएरो, औसमाने डेम्वेले र मार्थिन ब्रेथवेटसँगै डिफेन्डर सर्जिनो डेस्ट पनि बायर्नविरुद्धको खेलमा उपलब्ध हुनेछैनन् । एन्टोइन ग्रिजमनलाई एट्लेटिको पठाइसकेको छ ।

मेम्फिस डिपाए, लुक डि योङ, फ्रान्की डि योङ, सर्जियो बुस्क्वेट्स, पेड्री, जोर्डी अल्वा, जेरार्ड पिके, रोनाल्ड एराउजो, सर्जि रोबर्टाे र गोलरक्षक मार्क आन्दर टेर स्टेगन टोलीमा रहेका छन् । त्यतिबेला बायर्नको जितमा दुई गोल गरेका फिलिपे कौटिन्होले यसपटक बार्सिलोनाका लागि खेल्नेछन् । युसुफ डेमिर, रिकी पुज, ओस्कार मिनगुएजा, स्यामुयल उम्टिटी र क्लेमेन्ट लेङ्लेट पनि टोलीमा रहेका छन् ।

यता, जर्मन च्याम्पियन बायर्न पनि घरेलु टोलीलाई हराउने लक्ष्यमा हुनेछ । टोलीसँग रोबर्ट लेवान्डोस्की, जमल मुसिएला, थोमस मुलर, लियोन गोरेट्जका, योसुवा किम्मिख, अलफन्सो डाभिस, लुकास हर्नान्डेज, डेअट उपमेकानो, बेन्जामिन पाभर्ड र गोलरक्षक तथम कप्तान म्यानुयल नुयर रहेका छन् । लिरोए साने, किङ्सले कोमान, इरिक म्याक्सिम चुपो मोटिङ, मार्सेल सवित्जर टोलीमा रहेका छन् ।

यी दुई टोलीबीचको हालसम्मको ७ भेटमा बायर्न हावी छ । बायर्नले ५ खेल आफ्नो पक्षमा पार्दा २ खेल बार्सिलोनाले जितेको छ । पछिल्लो दुवै भेटमा बायर्न विजयी भएको छ । जसमा ८–२ को जित र ३–२ को जित रहेको छ । त्यसअघि सन् २०१५ मे ७ मा बार्सिलोनाले ३–० को सहज जित निकालेको थियो ।

प्रकाशित : मङ्गलबार, भदौ २९, २०७८१६:५९

फिफा २२ मा मेस्सी सर्वश्रेष्ठ खेलाडी, रोनाल्डोलाई भने लेवान्डोस्कीले उछिने !