काठमाडौँ – नेपाली बजारमा कुखुराको मासुको मूल्य घट्न थालेको छ। गएका केहि महिना महँगो मूल्यमा बिक्री भइरहेको कुखुराको मासुको मूल्य घट्न थालेको हो।
त्पादन बढेपछि ब्रोइलर कुखुराको मासुको मूल्य घट्न थालेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ। महासंघका अनुसार जिउँदो कुखुराको मूल्य प्रतिकिलो २ सय २० रुपैयाँ कायम गरिएको छ भने कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँ कायम गरिएको छ।
यस अगाडी कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँदेखि ३८० रुपैयाँसम्म थियो। अहिले मूल्य घटेसँगै कुखुराको मासुको होलसेल मूल्य २८० रुपैयाँमा आइपुगेको छ।