रोनाल्डो प्रिमियर लिगकै बढी पारिश्रमिक लिने खेलाडी, हप्ताको कति ?

एजेन्सी – समर ट्रान्सफरमा कसैले पनि रोनाल्डोको ट्रान्सफर होला भनेर सोचेका थिएनन्। रोनाल्डो युभेन्टसमा सन्तुष्ट नरहेको खबर लगातार आएपनि ट्रान्सफर विन्डोमा रोनाल्डो खासै चर्चामा रहेनन्। रोनाल्डो आफैंले पनि सामाजिक संजाल मार्फत आफ्नो ट्रान्सफर बारे अनावश्यक चर्चा चलिरहेको भन्दै सम्पूर्ण हल्लालाई खारेज गरिदिएका थिए।

तर ट्रान्सफर विन्डो बन्द हुने दिन नजिकै आउँदै गर्दा विभिन्न नाटकीय परिवर्तन भए। रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेजले रोनाल्डोक लागि नयाँ क्लबको खोजि गरिरहेको खबर आयो। त्यसको केहि दिन नबित्दै रोनाल्डो म्यानचेस्टर सिटी जाने चर्चा चल्यो।

रोनाल्डोलाई जसरी पनि युभेन्टसबाट बाहिर निकाल्ने प्रयास अनुरुप जोर्गे मेन्डेजले सिटीसंग कुरा अगाडी बढाएका थिए। रोनाल्डो सिटी जाने चर्चाले म्यानचेस्टर युनाइटेडमा तरंग नै पैदा भयो। क्लब समर्थक तथा क्लबका पूराना लेजेण्डहरुको दबाव पछि युनाइटेडले रोनाल्डोको ट्रान्सफरमा इन्ट्री मार्यो र रोनाल्डोलाई भित्र्यायो।

युनाइटेडमा कति छ रोनाल्डोको पारिश्रमिक ?

रोनाल्डो आफ्नो पारिश्रमिक घटाउन तयार भएपछि मात्र उनको ट्रान्सफर सम्भव भएको हो। रोनाल्डोले वार्षिक ६ मिलियन पाउण्ड पारिश्रमिक कटौती गरेको बताइन्छ।

बेलायती संचार माध्यमहरुका अनुसार रोनाल्डो एक हप्ताको ३ लाख ८५ हजार पाउण्ड पारिश्रमिक बुझिरहेका छन्। प्रारम्भिक रुपमा रोनाल्डोले साप्ताहिक ४ लाख ८० हजार पाउण्ड पारिश्रमिक लिरहेको खबर आएको भएपनि अहिले बेलायती मिडियाहरुले रोनाल्डोको पारिश्रमिक प्रतिहप्ता ३ लाख ८५ हजार पाउण्ड रहेको दावी गरेका हुन्।

प्रिमियर लिगमा कसको बढी पारिश्रमिक ?

प्रिमियर लिगमा सबै भन्दा बढी पारिश्रमिक लिने रोनाल्डो नै रहेका छन्। उनले प्रति हप्ता ३ लाख ८५ हजार पाउण्ड पारिश्रमिक पाइरहेका छन्। सबै भन्दा बढी पारिश्रमिक पाउने प्रिमियर लिगका दोस्रो खेलाडीमा केभिन डी ब्रुइन रहेका छन्। उनले प्रति हप्ता ३ लाख ८० हजार पाउण्ड बुझ्छन्। तेस्रो नम्बरमा रहेका म्यानचेस्टर युनाइटेडका डी हेयाले प्रति हप्ता ३ लाख ७५ हजार पाउण्ड पारिश्रमिक पाउँदै एक छन्।

प्रकाशित : शनिबार, असोज ०२, २०७८१४:५१

मेस्सीको पारिश्रमिक सार्वजनिक, एक हप्तामै रोनाल्डो भन्दा यति धेरै कमाउने रहेछन् !