एक महिना भित्रै अष्टलक्ष्मी र भीम आचार्यलाई हटाउने झाँक्रीको घोषणा !

काठमाडौँ – नेकपा एकीकृत समाजवादीकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीले एक महिनाभित्रै वाग्मती र प्रदेश नम्बर १ का मुख्यमन्त्रीलाई हटाइने बताएकी छन्।

शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा झाँक्रीले एक महिना भित्रै वाग्मती र प्रदेश नम्बर १ का मुख्यमन्त्रीलाई बिदा गरिने घोषणा गरेकी हुन्।

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य तर्फ संकेत गर्दै झाँक्रीले पदको लोभमा धोका दिनेहरु पछुताउने बताइन्। १ महिना पनि समय बाँकी नभएको सरकारमा मन्त्री खान जानेहरु देखेर हाँसो लाग्ने झाँक्रीको भनाई छ। एक महिना काट्ने सुविधा नभएका प्रदेश मुख्यमन्त्रीहरुको ७ दिने मन्त्री खान जानु जग हँसाउने काम भएको टिप्पणी झाँक्रीले गरिन्।

त्यस्तै झाँक्रीले नयाँ पार्टी गठन गर्दा धोका दिएकाहरुका लागि आफूहरुको पार्टीमा ठाउँ नभएको पनि झाँक्रीले बताएकी छन्। एकीकृत समाजवादीमा आबद्ध हुन ढिलो गरे ढोका बन्द हुने उनको भनाई छ।

एमालेमै अड्किएका भीम रावल सहितका नेता माथि खनिइन् झाँक्री !

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमाले फुटाउँदा साथ नदिनेहरुलाई कमान्डर मान्न नसकिने बताएकी छन्। नयाँ पार्टी गठन गर्नेबेला साथ नदिएका नेताहरुलाई आफूहरुको पार्टीमा आउन ढोका खुल्ला राखिएको भएपनि कमान्डर भन्न मान्न नसकिने झाँक्रीले बताएकी हुन्।

शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा यु-द्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसकिने बताइन्। माधव नेपालले नयाँ पार्टी गठन गर्दा नेकपा एमालेमै बसेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा लगायतक नेता माथि लक्षित गर्दै उनले यस्तो बताएको बुझिएको छ।

यु-द्धबाट भागेका यु-द्ध अपराधीजस्तालाई किमार्थ माफी गर्न नहुने उनको भनाई छ। तर त्यसो भन्दैमा उनीहरुका लागि ढोका भने बन्द गर्न नहुने झाँक्रीले बताइन्।

उनले भनिन्,”यु-द्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन सकिँदैन। यु-द्धबाट भागेका यु-द्ध अपराधीजस्तालाई किमार्थ माफी गर्नु हुँदैन । तर सरेन्डर गरे भने ढोका खोल्नुपर्छ । संसारमा यु-द्ध अपराधीलाई माफी दिएको तमाम इतिहास छ । त्यसैले ढोका बन्द गर्नुहुन्न ।”

प्रकाशित : शनिबार, असोज ०२, २०७८२०:१६

भरतमणि बने कमेडी च्याम्पियन सिजन–२ को विजेता