हेयर एण्ड शान्तिको पाँचौं शाखा भाटभटेनीमा

काठमाडौँ – हेयर एण्ड शान्ति सलुनले शाखा विस्तार गरेको छ। सौन्दर्य क्षेत्रकै चर्चित ब्राण्डको रुपमा रहेको हेयर एण्ड शान्ति सलुनले नयाँ शाखा नक्साल स्थित भाटभटेनीमा विस्तार गरेको हो। नयाँ शाखा विस्तार भएसँगै हेयर एण्ड शान्ति सलुनको नेपालमा शाखाको संख्या पाँच पुगेको छ।

शनिबार एक विशेष कार्यक्रमका बीच नयाँ शाखा उद्घाटन गरियो। उद्घाटन कार्यकरमा बोल्दै सञ्चालक राजकुमार श्रेष्ठले काठमाडौं उपत्यकाको चार ठाउँ र उपत्यकाबाहिर एक ठाउँबाट देव दिइँदै आएको जानकारी दिए। उनका अनुसार विश्व शान्ति श्रेष्ठले भारतको नयाँ दिल्लीबाट सुरु गरेको हेयर एण्ड शान्ति सलुनले अब ठमेल, जावलाखेल, नारायणघाट, हेटौंडा र भाटभटेनी गरी पाँच ठाउँबाट उपलब्ध गराउनेछ।

शनिबारबाट विस्तार भएको भाटभटेनी शाखामा हेयर कट, फेसियल, पेडिक्युअर, म्यानुक्युअर, केराटिन, हाइलाइट्स, हेयर कलर, हेयर स्पा, मेकअप, नेल आर्टस्, हेयर एक्स्टेन्सन लगायतका सेवाहरु उपलब्ध हुनेछन्।

प्रकाशित : आइतबार, असोज ०३, २०७८१४:१२

अशक्तलाई घरमै नागरिकता !