कोरोना संक्रमण हुने भन्दा निको हुनेको सङ्ख्या झन्डै तेब्बर, कुल सङ्ख्या साढे ७ लाख भन्दा माथि !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार ०९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ भने एन्टिजेन विधिबाट ८९ हजार ०८८ जनामा संक्रमण पुष्टि भएको छ।

थप १० हजार ७८६ जनाको पिसिआर परीक्षण तथा ३ हजार ०३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ९७५ तथा एन्टिजेनबाट १२० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४१ लाख ०३ हजार ८८६ जना पुगेको छ । हालसम्म ७ लाख ५२ हजार १७० जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९५७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९५ दशमलप ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या २२ हजार ३२३ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ८ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार ०४८  पुगेको छ।

प्रकाशित : सोमबार, असोज ०४, २०७८१६:३६

नेप्सेमा उच्च अङ्कको पहिरो, तर यी कम्पनीका शेयर मूल्य बढे!