साबिक लालिगा विजेता एथलेटिको म्याड्रिडले यो समरमा क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने मौकालाई अस्वीकार गरेको सनसनीपूर्ण खुलासा भएको छ।
स्पेनिश रेडियो स्टेशन क्याडेना सेरले दाबी गरे अनुसार सुपर एजेन्ट जोर्ज मेन्डेसले तत्कालीन युभेन्टस स्टार डिएगो सिमियोनको स्पेनिश च्याम्पियनलाई प्रस्ताव गरेका थिए। तर रोनाल्डो एथलेटिको म्याड्रिडका प्रमुख प्रतिद्वन्दी रियल म्याड्रिडका दिग्गज खेलाडी भएको कारण क्लब प्रशंसकबाट आलोचना हुने भएकोले उक्त अवसर अस्वीकार गरेको बताइएको छ। जसपछि म्याड्रिडले बार्सिलोनाबाट आफ्ना पूर्व स्टार एन्टोइन ग्रिज्मनलाई भित्र्याएको हो।
रोनाल्डो भने रियल म्याड्रिड, पीएसजी, म्यानचेस्टर सिटी जस्ता ठूला क्लबसँग नाम जोडिए पनि पूर्व क्लब म्यानचेस्टर युनाइटेड प्रवेश गरे। जहाँ उनको उत्कृष्ट प्रदर्शन जारी रहेको छ। उनले रेड डेभिलका लागि ३ खेलमा ४ गोल गरिसकेका छन्। न्युकासल विरुद्धको खेलबाट डेब्यु गरेका रोनाल्डोले पहिलो खेलमा नै २ गोल गर्न सफल भएका थिए।