बार्सिलोनामा खड्कियो मेस्सीको अभाव, बार्सिलोना ‘मिस’ गर्दै मेस्सी पनि !

एजेन्सी – लालिगाको नयाँ सिजनमा बार्सिलोना गएका सिजनहरुमा भन्दा धेरै कम्जोर देखिएको छ। सोमबार राति भएको खेलमा बार्सिलोनाले ग्रानडासँग बराबरी खेल्यो। ग्रानडा विरुद्धको खेलमा सानो दुखले बार्सिलोनाले हार टारेको थिएन।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ग्रानडाका डोमिङओस डुआर्टीले खेलको दोस्रो मिनेटमै गोल गरे। तर, बार्सिलोनाले गोल फर्काउन धेरै नै संघर्ष गर्नुपर्यो। बार्सिलोनाले बल पोसेसमा बलियो पकड राखेपनि ९०औं मिनेट अगाडि कुनै गोल गर्न सकेन। खेलको ९०औं मिनेटमा पाब्लो गाभिराको पासमा गोल गर्दै रोनाल्ड एराउजोले बार्सिलोनाको हार टारेका थिए।

बार्सिलोनाको यस्तो हालतसँगै क्लबमा अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सीको अभाव खड्किएको चर्चा शुरु भएको छ। गएको केहि सिजन देखि कम्जोर भइरहेको बार्सिलोना मेस्सीले छाडेपछि झनै कम्जोर भएको देखिएको छ। मेस्सीले बार्सिलोनाका लागि उल्लेख्य मात्रामा गोल गर्दै आएका थिए। गएको सिजना मेस्सीले लालिगाकै सर्वाधिक ३० गोल गरेका थिए। मेस्सी गएपछि बार्सिलोनामा उनीजति राम्रो फिनिसिङ कसैलेपनि गर्न सकेका छैनन्।

बार्सिलोना ‘मिस’ गर्दै मेस्सी पनि

बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका मेस्सी पनि संघर्षरत छन्। पिएसजी पुगेपछि उनले खाता खोल्न सकेका छैनन्। पिएसजीमा मेस्सीले अपेक्षा गरिएजस्तो प्रदर्शन गर्नसकेका छैनन्। नयाँ परिवेसमा भिज्न मेस्सीलाई हम्मे-हम्मे परिरहेको छ।

मेस्सी र पिएसजीका खेलाडीहरु बीच तालमेल नमिल्दा मेस्सी कम्जोर देखिएको विश्लेषकहरु बताउँछन्। मेस्सीलाई बार्सिलोनाका खेलाडीहरुले जसरी बुझ्थे, त्यसरी पिएसजीका खेलाडीहरुले बुझ्न सकेका छैनन्। एक प्रकारले भन्ने हो भने मेस्सीको जीवनमा पनि बार्सिलोनाको अभाव खड्किएको छ।

प्रकाशित : मङ्गलबार, असोज ०५, २०७८१२:५७

फर्गुसनले भनेका थिए- मेस्सी बार्सिलोना भन्दा बाहिर खेल्न सक्दैनन्, के सहि साबित हुँदैछ अहिले ?