मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
यस दिन तपाईंको स्वास्थ्यमा समस्या आउन सक्छ। ज्वोरो तथा रुघा-खोकीले सताउन सक्छ। कसैलाई मद्दत गर्दा आफू नै फन्दामा पर्न सकिन्छ। यस दिन पैसाको लेन-देन गर्दा विशेष सावधान रहनुहोला। निर्णयशक्तिको अभाव हुँदा मनमा द्विधा उतपन्न हुनसक्छ। मन चिन्तित रहन सक्छ। अधिक लाभ लिने लोभमा हानि हुनसक्छ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
तपाईंको लागि यस दिन शुभ फलदायी रहनेछ। धन वृद्धि तथा कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना उच्च रहेको छ। व्यापार-व्यवसायको क्षेत्रमा विशेष लाभ मिल्ने संकेत देखिन्छ। परिवारका सदस्य तथा साथी-भाइसँग रमणीय क्षण बित्नाले मन प्रशन्न रहनेछ। छोटो तथा रमणीय यात्राको योग रहेको छ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
तपाईंको लागि यस दिन शुभ फलदायी तथा अनुकूल नै रहने देखिन्छ। कार्यक्षेत्रमा सहकर्मी तथा उच्च पदाधिकारीका साथ सम्बन्ध राम्रो रहन्छ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मानमा वृद्धि हुनेछ। पदोन्नतीको योग रहेको छ। आफन्त तथा मित्रगणबाट केहि विशेष उपहार मिल्नसक्छ। स्वास्थ्य राम्रो नै रहनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
तपाईंको लागि यो दिन आरामदायक रहनेछ। हरेक कार्य सरलताका साथ सम्पन्न हुनेछ। कार्यक्षेत्रमा तपाईंको कामले उच्च पदाधिकारी प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। नयाँ कार्य सुरु गर्नको लागि यस दिन अनुकूल रहनेछ। कामको शिलशिलामा यात्राको योग बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। धन लाभ मिल्ने सम्भावना रहेको छ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
दिन मध्यम फलदायी रहनेछ। यस दिन निर्धारित कार्यमा विशेष ध्यान दिनुहोला। धार्मिक तथा मांगलिक कार्यमा तपाईंको संलग्नता रहनेछ। धार्मिक यात्राको पनि सम्भावना रहेको छ। व्यापार व्यवसाय क्षेत्रमा अनुकूल सफलता प्राप्त नहोला। मानसिक अशान्ति रहनेछ। सन्तान सम्बन्धि चिन्ता रहन सक्छ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
यस दिन नयाँ कार्य सुरु गर्नको लागि शुभ नरहला। खानपिनमा विशेष ध्यान दिनुहोला, अन्यथा स्वास्थ्यमा समस्या आउनसक्छ। वाणी तथा क्रोध संयममा राख्नुहोला। परिवारमा नकारात्मक वातावरण रहन सक्छ, सजग रहनुहोला। अधिक धन खर्च हुने देखिन्छ। सरकारी क्षेत्रका रहेका मानिसको लागि दिन त्यति शुभ नरहला।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
तपाईंको यस दिन आनन्दका साथ बित्नेछ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। नयाँ वस्त्र तथा शृङ्गार पाएर तपाईंको मन प्रशन्न रहनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान प्राप्त हुनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो नै रहनेछ। उत्तम तथा स्वादिष्ट भोजन प्राप्त हुनेछ। परिवारमा सकारात्मक वातावरण रहनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
गृहस्थजीवनमा शान्ति तथा आनन्दमय वातावरण रहनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। बिरामी मानिसको स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा सहकर्मीको पूरा साथ सहयोग मिल्नेछ। माइतीबाट सुखद खबर प्राप्त हुनेछ। स्त्री मित्रसँगको भेटले मन प्रशन्न रहनेछ। धन लाभ मिल्ने सम्भावना रहेको छ। रोकिएका कार्य सफलताका साथ सम्पन्न हुनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
यस दिन यात्रा गर्दा विशेष सावधान अपनाउनुहोला। स्वास्थ्यमा पनि समस्या आउनसक्छ, पेट सम्बन्धि समस्याले सताउन सक्छ। सन्तानको स्वास्थ्य पनि तपाईंको मन चिन्तित रहन सक्छ। कार्य सफलता नमिल्दा मन हतास हुनसक्छ। क्रोध तथा वाणीमा संयम राख्नुहोला। साहित्य तथा कला क्षेत्रमा तपाईंको रुची बढ्नेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
परिवारमा झै-झगडाको वातावरण रहन सक्छ। स्वास्थ्यमा पनि समस्या आउनसक्छ, सजग रहनुहोला। शरीरमा फूर्ति तथा उर्जाको कमी रहनेछ। आफन्तजनसँग मनमुटावको स्थिति उत्पन्न रहनसक्छ। छाती दुख्ने समस्याले सताउन सक्छ। सामाजिक रूपले मानहानिको सम्भावना रहेको छ। यस दिन पानी तथा स्त्रीसँग दूरी राख्नुहोला।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
मानसिक रूपले तपाईं स्वास्थ्य रहनुहुनेछ। मनमा रहेको चिन्ताबाट पनि मुक्ति मिल्नेछ। यस दिन तपाईंको मन निकै उत्साहित रहनेछ। रमणीय यात्राको सम्भावना रहेको छ। परिवारका सदस्यको मद्दतले नयाँ कार्य सफलताका साथ पूरा हुनेछ। मित्र तथा आफन्तसँग रमणीय भेटघाट हुनेछ। भाग्यवृद्धिको योग रहेको छ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
यस दिन क्रोध तथा वाणीमा संयम राख्नुहोला। अनावश्यक खर्च बढ्नसक्छ। कसैसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। विशेषगरी पैसा लेन-देन गर्दा विशेष सावधान रहनुहोला। आफन्तसँग खट-पट हुनसक्छ। शारीरिक तथा मानसिक स्वास्थ्य मध्यम रहनेछ। मनमा नकारात्मक बिचार आउनसक्छ।