आजबाट सुरु भयो सोह्रश्राद्ध: यस अवधिमा श्राद्ध गर्दा नगर्नुहोस यी गल्ति!

आज असोज कृष्ण प्रतिपदादेखि सोह्रश्राद्व सुरु भएको छ। श्राद्व १६ दिनसम्म  हुने गर्छ। यस अवधिमा परम्पराअनुसार आफ्नो घर, कोठा, त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थलमै गएर पितृको श्राद्ध तथा तर्पण गरिन्छ  । आजबाट सुरु भएको सोह्रश्राद्ध असोज २० गते  समाप्त हुनेछ।

सोह्रश्राद्ध अवधिमा के गर्ने, के नगर्ने ?

– श्राद्ध मध्यान्हपछि मात्र गर्नुहोस, जब सूर्यको छाया अगाडी होइन पछाडि होस्।

– श्राद्ध कहिल्यै बिहान र अँध्यारोमा नगर्नुहोस्।

– यस समयमा ब्राह्मणहरुलाई खाना खाएर दान गर्नुहोस्, यसो गर्नु शुभ मानिन्छ।

-फलामको कुर्सीमा बसेर ब्राह्मणहरुलाई पूजा नगर्नुहोस् । र  केराको पातमा उनीहरुलाई खाना नखुवाउनुहोस्।

– पिन्ड दान गर्दा सधैं दाहिने काँधमा जनै  राख्नुहोस्।

-पिण्ड दान गर्दा तुलसी जसरि पनि राख्नुहोस्।

-कहिल्यै पनि स्टिलको भाडाबाट पिण्ड दान नगर्नुहोस। बरु चरेसको थाल, तामा वा चाँदीको भाडा प्रयोग गर्नुहोस्।

-सधैं दक्षिण तिर मुख गरेर पिण्ड दान गर्नुहोस्।

-पिताको श्राद्ध कि छोरा वा बुहारीले गर्नुहोस।

-श्राद्ध गर्ने व्यक्ति श्राद्धको १६ दिनसम्म  मनलाई  शान्त राख्नुपर्छ।

-श्राद्ध सधैं आफ्नो घरमा वा सार्वजनिक भूमिमा  गर्नुहोस्।

– श्राद्ध कुनै अरु व्यक्तिको घरमा नगर्नुहोस ।

प्रकाशित : मङ्गलबार, असोज ०५, २०७८१८:११

विश्वकै उत्कृष्ट १० मा पर्यो चाँगुनारायण नगरपालिका !