यी हुन् करीनाका सबै भन्दा ठूला दुश्मन, जसको मुख समेत हेर्न चाहनन् !

एजेन्सी – करीना कपूर खान बलिउडकै सबै भन्दा सफल नायिकाको सूचीमा पर्छिन्। सन् २००० मा डेब्यु गरेकी करीनाले अहिले सम्म कयौं हिट चलचित्र दिसकिन्। गएको दुई दशकमा उनले जुन सफलता हाँसिल गरेकी छन्, त्यो सफलता पछिल्लो पुस्ताका नायिकाहरुले कमै मात्र हाँसिल गर्न सकेका छन्।

यति लामो बलिउड यात्राका क्रममा उनले धेरै मित्र तथा प्रशंसक कमाएकी छन्। त्यति मात्र नभई यस बीचमा उनले केहि दुश्मन पनि कमाएकी छन्। करिनाका सबै भन्दा ठूला दुश्मन निम्न छन्।

ईशा देओल

कुनै एक समयमा करीना र ईशा देओल बीच राम्रो मित्रता थियो। दुवैले एलओसी कार्गिल र युवा जस्ता चलचित्रमा सँगै काम पनि गरेका छन्। तर पछिल्लो समय यी दुई बीच बोलचाल छैन। यी दुई बीच के कारणले सम्बन्ध बिग्रियो भन्ने कुरा रहस्य नै छ।

बबी देओल

शाहिद कपूर भन्दा पहिले फिल्म ‘जब वी मेट’ को प्रस्ताव बबी देओललाई दिइएको थियो। तर मिडिया रिपोर्टका अनुसार यो फिल्म करीनाको आदेशमा बबी देओलको सट्टा शाहिद कपूरलाई दिइएको थियो। यस चलचित्रपछि बबी र करीना बीच कहिल्यै बोलचाल भएको छैन।

दीपिका पादुकोण

करीनाको दुश्मनको सूचीमा दीपिका पनि पर्छिन्। दीपिका र करीना सार्वजनिक कार्यक्रमहरुमा एक-अर्का देखि टाढै रहन्छन्। करीना र दीपिका बीच के कारणले गर्दा दुश्मनी बढेको हो भन्ने स्पष्ट छैन।

प्रियंका चोपडा

एक अन्तर्वार्ताका क्रममा कपूर खानले प्रियंकालाई भन्न सम्म भनेकी थिइन्। आफूले प्रियंकालाई नायिका नै नमान्ने उनको भनाई थियो। त्यसपछि प्रियंकाले पनि करीनाको मजाक उडाएकी थिइन्। जसकारण यी दुई बीच बोलचाल छैन।

इमरान हाशमी

कुनै एक समयमा इमरान हाशमी र करीना सँगै काम गर्ने चर्चा थियो। तर करीनाले अफर भएको चलचित्र सिधै अस्विकार गरिदिएकी थिइन्। आफू राम्रा कलाकारसँग मात्र कम गर्ने उनको भनाई थियो। त्यसयता इमरान हाशमीसँग पनि करीनाको सम्बन्ध राम्रो छैन।

दिया मिर्जा

दीया मिर्जा पनि करीना कपूरको दुश्मनमा पर्छिन्। वास्तवमा, दीया मिर्जाले एक कार्यक्रमको क्रममा करीना कपूर खानको ड्रेस बारे टिप्पणी गरेकी थिइन्। दीयाको टिप्पणी करीनालाई मन परेन। करीनाले आफू बारे अनावश्यक टिप्पणी गर्ने अधिकारी दियालाई नभएको जवाफ दिइन्। त्यसपश्चात दुई बीच राम्रो सम्बन्ध छैन।

अमीषा पटेल

अमीषा भन्दा पहिले फिल्म ‘कहो ना प्यार है’ को प्रस्ताव करीनालाई भन्दा पहिला करीनालाई गरिएको थियो। तर करीना फिल्म रेफ्युजीबाट आफ्नो डेब्यू गर्न चाहन्थिन्। जब अमीषाको डेब्यू फिल्म ब्लकबस्टर र रेफ्युजी फ्लप भयो। करीनाले अमीषालाई नराम्रो अभिनेत्री भनिन्। जसकारण दुईको सम्बन्ध बिग्रियो।

बिपाशा बासु

करीना र विपाशा बीचको दुश्मनी धेरै पूरानो हो। चलचित्र अजनबीमा सँगै कम गरेका यी दुई बीच त्यति बेला देखि नै राम्रो सम्बन्ध थिएन। चलचित्रको शुटिंगकै क्रममा दुई बीच झगडा भएको बताइन्छ। करीनाले बिपाशालाई ‘कालो बिरालो’ समेत भन्न भ्याएकी थिइन्।

प्रकाशित : बुधबार, असोज ०६, २०७८१४:५३

प्रियंका र आयुस्मानलाई छोरीको इन्स्टाग्राम एकाउन्ट खोलिदिने हतारो !