नुहाउँदा पिसाब गर्दा तपाईंको स्वास्थ्यमा पर्छ असर ? यसो भन्छन् विशेषज्ञ !

नुहाउँदा पिसाब गर्ने विषय खुलेर कुरा गर्ने विषय हैन। तर यसको मतलब यो हैन कि यो बानी असामान्य हो। बेलायतमा आधारित बाथ एण्ड शावर कम्पनीले गरेको एउटा सर्वेक्षणमा ७६% मानिसहरुले त्यसो गर्ने स्वीकार गरेका छन्।

हामीमध्ये धेरैले पनि नुहाउँदा पिसाब गरेको हुनुपर्छ। यो एक नियमित कुरा नहुन सक्छ, तर कुनै न कुनै समय यस्तो अवस्था आउन पनि सक्छ कि नुहाउँदै गर्दा पिसाब लाग्न सक्छ।

के भन्छन् त विशेषज्ञ

केहि विशेषज्ञहरुका अनुसार नुहाउँदा पिसाब गर्नु कुनै गलत कुरा हैन। मूत्रमा सामान्यतया कुनै जीवित जीवहरु हुँदैन, त्यसैले कुनैपनि रोग फैलाउने संभावनाहरु धेरै कम हुन्छ। सार्वजनिक बाथरूमको प्रयोग गर्दा मात्र समस्या हुनसक्छ। यदि तपाईं जुन मानिससँग बाथरूम शेयर गर्नुहुन्छ, उक्त मानिसलाई यूटीआई अर्थात यूरिन इंफेक्‍शन छ भने नुहाउँदा पिसाब गर्दा केहि कीरा र संक्रमणको विकासको सम्भावना बढ्न सक्छ।

के पिसाब गर्दा ठिक हुन्छ एथलिट फुट ? 

दुनियाका केहि भागहरुमा यो पनि विश्वास गरिन्छ कि खुट्टामा पिसाब गर्दा एथलिट फुट ठिक हुन्छ। किनकि मूत्रमा यूरिया हुन्छ, एक यौगिक जसले छालालाई निको पार्न मद्दत गर्दछ। यस कारणले गर्दा पनि केहि मानिसहरु नुहाउने बेला उभिएर पिसाब गर्छन्। तर यसबारे कुनै वैज्ञानिक प्रमाण उपलब्ध भने छैन।

छैन केहि नोक्सान 

नुहाउँदा नुहाउँदै पिसाब गर्दा तपाईंलाई कुनै नोक्सान हुँदैन। ध्यानमा राख्नुपर्छ कि आफूले बाथरूम शेयर गर्ने मानिसलाई पिसाब सम्बन्धि कुनै समस्या नहोस्।

प्रकाशित : बुधबार, असोज ०६, २०७८१५:०३

अचुक औषधि हो अम्बाको पात, तौल घटाउने देखि यस्ता समस्या देखि दिलाउँछ छुटकारा !