साहस ऊर्जा कम्पनिले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपिओ) बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ असोज १० गतेसम्म जारी रहनेछ ।
कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले कुल ७० लाख कित्ता आइपिओ बिक्री खुल्ला गरेको हो। जसमध्ये सामुहिक लगानी कोषका लागि ३ लाख ५० हजार कित्ता र कर्मचारीका लागि २ लाख १० हजार कित्ता सुरक्षित गरिएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणलाई बाँडफाँड हुनेछ।
पछिल्लो समय आइपिओ भर्नेको संख्या करिब २४ लाखको हाराहारीमा पुग्ने गरेको छ । तर यस कम्पनिको शेयर भने १० कित्ताका दरले कुल ६ लाख ४४ हजार जनाले पाउने छन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । यस कम्पनीको आइपिओमा सिडिएससीको मेरो सेयर र आफ्नो बैंक खाता रहेको जुनसुकै शाखाबाट पनि आवेदन दिन सकिनेछ।