एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक मौरिसियो पोचेटिनोले किलियन एम्बाप्पेको प्रतिभालाई लियोनेल मेस्सी र नेयमारसँग जोड्ने कार्य भैरहेको बताएका छन्। पत्रकारहरुले एम्बाप्पे, नेयमार र मेस्सी बीचको तालमेललाई लिएर सोधेको प्रश्नको जवाफ दिनेक्रममा पोचेटिनोले यस्तो बताएका हुन्।
मेस्सीले नेयमार र डि मारियासंग खेलिसकेको भएपनि एम्बाप्पेसंग तालमेल मिल्न गार्हो भैरहेको संकेत पोचेटिनोले गरे। त्यसको लागि केहि समय लाग्ने पोचेटिनोको भनाई छ। मेस्सी मात्र नभई क्लबमा आएका नयाँ खेलाडीले क्लब र खेलाडीहरुलाई राम्रोसंग बुज्न बाँकी रहेको उनले बताए।
“हामी काम गर्दैछौँ। नयाँ खेलाडीहरुलाई क्लब र खेलाडीहरु चिनाउने काम भइरहेको छ।”,पोचेटिनोले भने। समस्या एम्बप्पे, नेयमार र मेस्सी नभएको पनि पोचेटिनोले बताए। सबै खेलाडी बीच तालमेल मिल्न आवश्यक रहेको र त्यस माथि अहिले काम चलिरहेको पोचेटिनोको भनाई छ।
पोचेटिनोले भने,”खेलाडीहरु बीच समयले तालमेल गराउँछ। प्रशिक्षणका क्रममा पनि ती प्रयासहरु भैरहेका छन्। जति खेल्यो त्यति नै एक अर्कालाई खेलाडीले बुझ्ने त हुन्।”
“हामी एम्बाप्पेको प्रतिभाको संयोजन गर्नु पर्ने विन्दुमा छौँ।”,पोचेटिनोले भने,”जसरी मेस्सी र नेयमार अथवा मेस्सी र एन्जिल डि मारिया बीच राम्रो तालमेल छ। सो तालमेलमा एम्बाप्पेको प्रतिभा मिसाउने प्रयत्नमा हामी छौँ।”