करीम बेन्जेमाले बुधबार माल्लोर्कालाई ६-१ गोल अन्तरले पराजित गर्ने क्रममा रियल म्याड्रिडका चार गोलमा संलग्न रहेका थिए। योसँगै यो सिजनको ला लिगाका ६ खेलहरुमा फ्रान्सेली स्टार क्लबको १५ गोलमा प्रत्यक्ष रूपमा संलग्न भएका छन्।
रियल म्याड्रिडमा आफ्नो लेगेसी थप मजबूत गर्ने क्रममा फ्रान्सेली फरवार्डले गयरातीको खेलमा क्लबका लागी २०० गोलको कोशेढुंगा पनि पार गरेका छन्। मालार्का विरुद्ध निकालेको फराकिलो जीतसँगै रियल म्याड्रिड ६ खेलमा १६ अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ।
बेन्जेमामा ऐतिहासिक रफ्तार
बेन्जेमाको १५ गोल (आठ गोल र सात असिस्ट) मा सम्मेलन ला लिगाको पहिलो ६ खेलमा कुनै पनि खेलाडीका लागि यो शताब्दीकै सबैभन्दा बढी रहेको छ। त्यस्तै, टोलीको हिसाबले हेर्दा रियल म्याड्रिडले अहिलेसम्म लालिगामा २१ गोल गरिसकेको छ। जुन यस चरणसम्म आइपुग्दा १९८७-८८ सिजनपछि कै सर्वाधिक हो।
बेन्जेमाको प्रदर्शनसँग निकै प्रशन्न रहेका रियल प्रशिक्षक कार्लो एनसीलोटीले फ्रान्सेली सुपरस्टारको प्रशंसा गर्दै उनलाई एक पूर्ण फरवार्ड रहेको बताएका छन्। प्रशस्त मात्रामा गोल गर्नुका साथै अन्य खेलाडीलाई पनि गोल गर्ने मौका सिर्जना गर्ने क्षमता बेन्जेमामा रहेको पूर्व एसी मिलान प्रशिक्षकले बताए।