एजेन्सी – बलिउड नायिका मलाइका अरोडाले चिल्ला केटाहरु मन नपर्ने बताएकी छन्। एक शोमा मिलिन्द सोमनसंग कुराकानी गर्नेक्रममा मलाइकाले चिल्ला केटाहरु खासै मन नपर्ने बताएकी हुन्।
मिलिन्दले केटाहरुका तीन के-के कुराले आकर्षित गर्छ भने सोध्दा मलाइकाले चिल्ला र चिटिक्क परेका केटाहरु भन्दा पनि रफ केटाहरु मन पर्ने बताइन्। भयानक तरिकाले फ्लर्ट गर्ने र राम्रो चुम्बन गर्ने सक्ने केटाहरुले आफूलाई आकर्षित गर्ने मलाइकाको भनाई छ।
“साँच्चै भन्नुपर्दा मलाई चिल्ला केटाहरु मन पर्दैन। मलाई खासमा थोरै रफ पुरुष मनपर्छ। भयानक तरिकाले फ्लर्ट गर्ने र राम्रो चुम्बन गर्न सक्ने पुरुष मलाई मन पर्छ।”,बिन्दास पारामा जवाफ दिंदै मलाइकाले भनिन्।
मलाइका अहिले नायक अर्जुन कपूरसंग प्रेम सम्बन्धमा छिन्। पहिला-पहिला अर्जुनसंगको सम्बन्ध बारे सोध्दा आफूहरु बीच त्यस्तो केहि नरहेको बताउने उनी अहिले प्रेमि अर्जुन बारे खुलेरै बोल्न थालेकी थिइन्। मिलिन्दले अर्जुन कपूरलाई पठाएको अन्तिम मेसेज के थियो भनेर सोध्दा केहि लाज मान्दै भनिन्,”आई लभ यु २”
साथै मलाइकाले आफूलाई सबै भन्दा बढी अर्जुनले बुझ्ने पनि बताइन्। मलाइकाका अनुसार उनको सेलिब्रिटी क्रश डेनियल क्रेग र फीमेल क्रेश बेला हदीद रहेका छन्।
सन् २०१७ मा मलाइकाको अरबाज खानसंग सम्बन्ध विच्छेद भएको थियो। त्यसपछि सन् मलाइका अर्जुनसंग नजिक भएकी थिइन्। बताएअनुसार अर्जुन र मलाइका सन् २०१९ देखि डेट गरिरहेका छन्।