काठमाडौँ – कारोबार हुने हप्ताको अन्तिम दिन सुनको मूल्य घटेको छ। बुधबार बढी बिहिबार घटेको सुनको मूल्य आज शुक्रबार घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ८९ हजार रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ६ सय रुपैंयाँले नै घटेको छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ८८ हजार ५ सय ५० रुपैंयाँ कायम भएको छ।
यस अगाडी छापावाला सुनको मूल्य आइतबार ८९ हजार १ सय, सोमबार ८८ हजार ९ सय, मंगलबार ८९ हजार २ सय, बुधबार ९० हजार १ सय र बिहिबार ८९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने आइतबार ८८ हजार ६ सय ५०, सोमबार ८८ हजार ४ सय ५०, मंगलबार ८८ हजार ७ सय ५०, बुधबार ८९ हजार ६ सय ५० र बिहिबार ८९ हजार १ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु ५ ले बढेर ११ सय ६० रुपैंयाँमा कारोबार भइरहेको छ।